Wel Come to my Personal blog, visit: www.journalistpramod.com

खसीबोका र चेलिबेटीको व्यापार उस्तै


प्रमोदराज सेढाई
के तपाई या तपाईको परिवारबाट कोही चेलिबेटी भारत हुँर्दै तेस्रो देश जाने तयारीमा हुनुहुन्छ त्यसो हो भने सावधान एकपटक सोच्नुहोस कतै तपाई या तपाईकी चेली कमाई होइन नारकीय जीवन विताउन बाध्य बन्लान । अनि दलालको प्रलोभनमा परेर विदेश जान हिडेका चेली कमाई खान नभएर खसीबोकासरह बेचिएला नि । अहिले खुल्ला सीमानाको फाइला उठाउँदै तस्करको आँखा भारतबाट तेस्रो देशमा पुर् याउनेतर्फ आकर्षित भएको छ । गाउँका सोझा युवतीलाई पर्याप्त रकम कमाइने लोभमा पारेर मात्र होइन विवाह गरेको बाहना गरेर होस् या प्रेमको नाटक गरेर अथवा रोजगारीको लोभमा पारेर पराईलाई सुम्पनेहरु बढेका छन् । कुनै आधिकारीक निकायबाट नभई भारतबाट विदेशीने लोभमा परेका चेलीहरु अन्तत नारकीय जीवन भोग्न बाध्य बन्ने गरेका छन् । ऋणधन गरेर बल्लतल्ल गएका चेलीहरु विदेशिएपछि बेसहारा बन्ने गरेका छन् । दलालले अहिले सीमावर्ती शहर रक्सौलबाट रेलमार्फत दिल्ली मुम्बई पुर् याई त्यहाँ रकम सटही गरेपछि यु।ए।ई। कतार कुवेत ईराक साउदी अरव लगायतका देशमा घरेलु कामदारको रुपमा पठाउने गरेका छन् । घरेलु कामदार भनेपनि अन्तत यौन पेशा अगाल्न बाध्य हुने गरेका छन् । दलालहरुले नेपालबाटै र नभएपनि भारतबाट नक्कली पास्रपोर्ट बनाउँछन् र भारत पुर् याएपछि त्यहाँ आएका खाडी देशका दलालहरुको जिम्मा लगाएर मोटो रकम लिएर नेपाल फर्कनछन । अनि पुन अन्य चेलीको खोजी गर्ने तयारीमा जुट्छन । हुन त सीमावर्ती क्षेत्रमा विभिन्न संंघ। संस्थाहरुले नेपाली चेलीहरुलाई विदेशिनबाट रोक्ने पहल नगरेका होइनन तर त्यो पर्याप्त बन्न सकेको छैन । भारतको सीमावर्ती शहर रक्सौलस्थित सेवा सतर्कता केन्द्रले रेल तथा बसहरुमा नियमित चेक जाच गरी नेपाली चेलीहरुलाई बिदेशिनबाट रोकी उद्दार गरी नेपाल पठाएको संस्थाका निर्देशक सुमन पासवानको भनाई छ । बीरगंज रक्सौलको सिमावर्ती क्षेत्र ईनर्वामा गैर सरकारी संंस्था माईती नेपालले पनि नेपाली चेलीहरुलाई विदेशिन नदिन कर्मचारी खटाएको छ । माईती नेपालले सन २००८ मा २३२ जना यस वर्ष अक्टोवरसम्म १७६ जना चेलिको उद्दार गरिसकेको जनाएको छ । माईती नेपाल बीरगंज अध्यावधिक गृह प्रमुख संगीता पुरी रोजगारको प्रलोभनमा परेका युवतीहरु फस्ने गरेको बताउनुहुन्छ । नेपाल भारतका सुरक्षाअधिकारीहरुको बैठक पटक पटक बसेपनि व्यवहारमा भने कार्यान्वयन हुन सकेको छैन । जसका कारण बेचविखनको व्यथा उस्तै छ । भारतमा नेपाली चेलीले भोग्नुपरेको दर्दनाक अवस्थाको नाटक कथा र साहित्यहरु धेरै कोरिएपनि यो रोक्न र बेचिएकालाई उद्दार गर्न सरकारले ठोस पहल गर्न सकेको छैन । नेपाली चेलीहरुको मात्र कहाँ हो र कलिला बालबालिका समेत भारत पुर् याइने गरिएको छ ।
मोलमोलाई भारत गन्तव्य खाडी
कति बालिकाहरु नेपालबाट बेचिए या चोरिए भन्ने एकिन तथ्यांक छैन । पसा्र प्रहरी प्रमुख सुवोध घिमिरे सीमावर्ती क्षेत्रमा प्रहरीले चेलीबेटी बेचबिखन रोक्न सकि्रय रहेको र सफलता मिलेको दाबी गर्नुहुन्छ । मानव बेचबिखन तथा ओसार पसार अपराधलाई प्रभावकारी रुपमा नियन्त्रण गर्न विशेष ऐनको रुपमा जीउ मास्ने बेच्ने कार्य ऐन २०४३ को प्रावधानलाई जोगाउन नै सरकारलाई गाह्रो पर् यो । यो अवस्थामा तत्कालिन सरकारलॆ जीउ मास्ने बेच्ने कार्य विधेयक२०५८ फागुन १० गते तत्कालिन संसद्मा दर्ता सम्म गर् यो । गैर कानुनी रुपमा भारत हुदै खाडी देश पुर् याउने नयाँ बाटोबारे सरकार जानकारी भएपनि कानमा तेल हालेर बसेको छ ।
जस्ताभन्दा सस्ता छोरी
मेलम्ची । यो नाम सँग अपरिचित कमै होलान् । यही मेलम्ची बजारबाट करिव आठ घण्टाको पैदल दुरीमा रहेको छ इचोक गाउँ । अझै पनि यो गाउँमा दश बर्षभन्दा माथि २०- २२ बर्षसम्मका युवती भेट्टाउन मुस्किल पर्छ । छोरी बेचेर जस्ताले घर छाउने बाउआमा यहाँ धेरै छन् । तामाङ समुदायको बस्ती अत्यन्तै विकट बाटो र बर्षभरि मेहनत गर्दा छ महिनासम्म पनि जहान बच्चा पाल्न धौ धौ हुने बाध्यता । अभिभावकहरु आपुना नानीहरुलाई विद्यालयभन्दा बढी गोठालो र खेतालो पठाउन रुचाउँछन् । उमेर पुगेपछि आफ्नै छोरी र पत्नी समेत बेच्ने अभिभावक यहाँ छन् । इचोक गाउँको परिचय यही हो । तर कलंक मेटाउन यहाँका केही युवा बर्षौंदेखि संघर्ष गरिरहेका छन् । तर चुनौति कम छैन् ।
पाल्साङ तामाङ । चेलिवेटी वेचविखन रोक्न यिनी एक्लै लागेको एकदशक नाघेको छ । यो बीचमा तामाङ्लाई खुकुरी हान्न खोज्नेहरु पनि धेरै देखिए । मामा-चेला फुफुचेल्ाी विवाह गर्नुपर्ने समुदायमा जन्मेका पाल्साङले शुरुका केही बर्ष गाउँमा केटी नपाएर विवाह नै गरेनन् । अहिले पाल्साङलाई साथ दिने धेरै छन् । यो गाउँबाट घाँस दाउरा गर्न जंगल गएका धेरै युवती चरनमा रहेको गाईबस्तु र डोको नाम्लो जंगलमै छाडेर ठूलो शहर पुगेका छन् । इचोकमा मुम्बईलाई ठूलो शहर भनेर चिन्ने धेरै छन् । गाउँबाट चेली हराउँछन् । मुम्वईलगायतका शहरबाट फर्केका धेरै युवती गाउँमै एड्स लागेर मरेका छन् । थुप्रै युवती एड्सका विरामी छन् । यति हुँदाहुँदै पनि गाउँबाट युवती हराउने क्रम रोकिएको छैन् । गाउँमा आएको समान्य चेतनाले युवतीहरु बम्वईको सट्टा खाडी मुलुक जान थालेका छन् । र यसको असर आसपासको गाउँमा परेको छ । स्थानीय अगुवाहरु युवतीलाई दलालले वैध बाटोबाट पासपोर्ट बनाएर कुवेत कतार लगायतका देशमा लैजाने गरेको दृष्टान्त सुनाउँछन् । संघसंस्थाको निगरानी बढेपछि दलालले बाटो फेरेका छन् । अहिले पनि दिनहँु २० २५ जना युवतीले जिल्ला प्रशासन कार्यलय चौताराबाट पासपोर्ट बनाउने गरेका छन् । हरेक क्षेत्रमा देखिएको राजनीतिक हस्क्षेप र संरक्षणका कारण गाउँमा दलालको मनोवल बढेको हो । यही गाउँ हो जहाबाट गरिवी र अभाव सहन नसकी कुवेत पुगेकी डोल्मा शेप्ार्ा अहिले उद्धारका पर्खाइमा कुवेतको जेलमा थुनिएकी छन् । थाहा छैन यो क्रम यसैगरी मौलाउँदै र संगठित हँुदै जाने हो भने कति डोल्माहरु खाडी मुलुकमा जेल्ामा थुनिने छन् । यो बिडम्बना पूर्ण घटना रोक्न गम्भीर बन्नुपर्ने सरकारले इचोक ज्ास्तो बत्तिमुनिको अँध्यारो बस्तीमा कहिले चेतनाको दियो बल्ला अहिलेको पर्खाइ यही नै हो । हिमकन्याको ब्यापारमा नेपालले विश्वमै कुख्याती कमाएको छ । नेपाल सरकार आफ्ना नागरिक प्रति गम्भिर नभएकै कारण यो समस्या उब्जिएको हो । आँखाभरि ठूलाठुला सपना र जीवनका रहरलाग्दा अकांक्षा बोकेर शहर पुगेका धेरै युवती अन्जानमै बेचिने गरेका छन् । बढ्दो महंगी बेरोजगारी समस्या सामाजिक बिचलन र ११ बर्ष सम्म चलेको द्धन्दले गर्दा धेरै युवतिले घर छाड्ने क्रम अहिलेसम्म रोकिएको छैन । बेचिएका र बेचिने संजालमा फसेका महिलालाई उद्धार गर्ने नाराका साथ यहाँ अस्ांख्य गैरसरकारी संस्था खुलेका छन् । तर एउटै लक्ष र उद्देश्य बोकेका संस्थाकाबीचमा समन्वय हुन सकेको छैन । विभिन्न अनुसन्धानले देखाए अनुसार नेपालबाट युवती बेचविखन हुने सजिलो थलो अहिले क्याविन रेष्टुरेण्ट र गेष्टहाउस बनेका छन् । दैनिक ग्राहकको रुपमा क्याविन रेष्टुरेण्ट तथा रात्रीक्लवमा जाने र विभिन्न प्रलोभन देखाएर युवतीलाई तेस्रो मुलुक पुर् याउने गिरोह पनि अहिले राजधानीमा पनि कृयाशिल रहेको छ । यसअघि छिमेकी मुलुक भारतमा बेचिने नेपाली युवती अहिले श्रमिकका नाममा खाडी मुलुकमा बेचिन थालेका छन् । दलालले पासपोर्ट बनाएर वैध रुपमै महिला बेच्न थालेका छन् । इचोक मात्र हैन इचोक ज्ास्ता अनगन्ति बस्ती छन् । रसुवा धादिङ नुवाकोट काभ्रेका विकट ठाउँ पनि चेलिबेटी बेचविखनबाट प्रभावित छन् । समाजमा गरिबी बढेपछि यस्ता विकृति सामान्य हुने निश्चित छ । तर मान्छेको खसीबोकासरह विक्री भएको दृश्यले न सरकारलाई तातो लागेको छ न संघसंस्थाहरुको काम प्रभावकारी बन्न सकेको छ ।
दक्षिण एशियामा शरीर बेच्नेको बिगबिगी
दक्षिण एसियामा वेश्यावृत्तिका लागि वार्षिक डेढ लाख महिला बेचिने गरेको तथ्यांक छ । विभिन्न तत्थ्याङ्क अनुसार प्रति वर्ष पाँच देखि सात हजारसम्म नेपाली महिलाहरु बेचबिखनको शिकार हुने गरेका छन् । अन्तर्राष्ट्रिय श्रम संगठनले गरेको अध्ययन अनुसार प्रति वर्ष बाह्र हजार नेपाली महिला मानव बेचविखन तथा ओसार पसारका शिकार भइरहेका छन् । अहिले दुई लाखभन्दा बढी नेपाली चेली भारतीय वेश्यालयमा नारकीय जीवन बिताउन बाध्य रहेको अनुमान छ । वेश्यालयबाट उद्दार गरिएकाहरु समेत समाजमा पुर्नस्थापित हुन कठिन हुने गरेको छ । यस्ाले आत्महत्या समेत बढाएको छ । नेपालमा बार्षिक कति चेलीको उद्दार गरिएभन्नेबारे सरकारी तथ्यांक छैन । कानुनी मात्र होइन चेलेबेटी बेचबिखनको अपराधको मानवता बिरुद्वको अपराध पनि हो । यस्तो कार्यले प्राथमिकता पाउनु नेपाल र नेपालीको कलंक पनि हो । बिश्व जनसंख्या कोषले निकालेको तथ्याङक अनुसार भारतमा मात्र झण्डै १ लाख नेपाली युवती बेचिएका छन् र यो संख्या वर्षेनी १० हजारको दरले बढ्दो छ । बेचिएका ७५ प्रतिशत महिला अविवाहित हुने गरेका छन् भने २० प्रतिशत विवाहित र ५ प्रतिशत १५ वर्ष मुनिका रहेको चेलीबेटी बेचबिखनसम्बद्व संघसंस्था र सरकारको अनौपचारिक तथ्यांक छ । त्यस्तै नेपालमा अत्यधिक चेलिबेटी बेचबिखन हुने भनेर २६ जिल्ला सूचीकृत हुनुले पनि नेपाल चेलीबेटी बेचबिखनमा बद्नाम भएको बुझ्न कठिन छैन । भारतको प्रमुख यौन नगरी मुम्बईमा ६० प्रतिशतभन्दा बढीको संख्यामा पुगेका नेपाली चेलीहरुको संख्या अहिले तेस्रो देशमा तस्करी बढेपछि ४० को हाराहारीमा मात्र आएको अनुमान गरिएको छ । नेपाली चेलीहरु मुम्बईको चर्चि बेश्यालयहरु कमाठीपुरा शुक्लाजाजी स्ट्रीट ग्य्राण्डरोड भिवण्डी नेरुल लगायतका रेड लाइट एरियामा भन्दा तेस्रो देशमा नेपाली चेलीको बेचबिखन गर्दा झण्डै दोब्बर आउने भएपछि तेस्रो देशमा जान थालेका छन् । मुम्बईमा मात्र होइन पुना लगायतका स्थानमा पनि नेपाली चेलीले वर्षौंदेखि दर्दनाक जीवन विताइरहेका छन् । अझ १८ वर्षभन्दा पनि कम उमेरका नेपाली चेलीबेटीहरु राखिएका छन् या तस्करी गरिएका छन् । विश्वमा बढ्दो खुला संस्कृति र द्वन्द्वका कारण मानव वेचविखन बढेको हो । यो समस्या नेपालमा मात्रै नभएर दक्षिण एशिया मै प्रकोपाका शैलीमा बढेको छ । नेपाल त झन महिला र बालबालिका वेचविखन हुने अग्रणी देश मानिन्छ । एउटा चेलीबाट भारतीयले पाँच वर्षमा २० देखि २५ लाखसम्म कमाउने भएपनि त्यहा बेचिएका नेपाली चेली भने धेरैमा ७५ हजारसम्ममा विक्री हुन्छन् । भारतमा पाँच वर्षअघि जम्मा ४० हजारको हाराहारीमा भएपनि अहिले तेस्रो देशमा लाने क्रम बढेपछि भारतमा नेपाली चेलीको मूल्य बढेको जनाइएको छ । अझ दुखद कुरा त के छ भने यौन व्यवसायमा फसाइएका युवती उद्दारपछि पनि घर फर्केर पुनस्र्थापित हुन निकै कठिन हुने गर्दछ । स्रोतहरुका अनुसार मुम्बईमा धेरै नेपाली युवतीले कोठी चलाएर नेपाली युवतीलाई यौन व्यवसायमा लगाइरहेका छन् । नेपाली चेलिबेचबिखन गर्ने प्रमुख गिरोह आफु सोझै डिल नगर्ने र दलालीलाई कमिसनबाट नेपाली चेली ल्याउन लाउने भएकाले सधैं सुरक्षित बनेका छन् ।

मृगौला तस्करीको नालीबेली


प्रमोदराज सेढाई
कसैको जीवन सुरक्षित हुने मृगौलाको तस्करी गर्नेको अहिले बिगबिगी छ । नेपालबाट भारत पुर् याउने र त्यहाँबाट तेस्रो देशमा मृगौला पुर् याउने गरिएको छ । मृगौला तस्करीको अपरम्पार जालोले अहिले नेपाललाई पनि गाज्न थालेको छ । गाउँ गाउँमा मृगौला बेच्न प्रलोभन दिने दलालीहरु बढेका छन् तर त्यसमा संलग्नहरु पक्राउ पर्न सकेका छैनन । तर स्वचेछाले मृगौला बेच्नेहरुलाई समेत नत भनेजति रकम दिइन्छ अझ दलालीले तस्करले दिएको जति रकम पनि बीच बाटोमै खाइदिने गरेका छन् । त्यसतिमात्र होइन मृगौला झिकेपछिको दूव्र्यबहार त भनिनसकनु छ । नेपालबाट सस्तोमा मृगौला खरिद गरी १० गुणा बढीमा बेचबिखन गर्ने गरिएको छ । नेपालबाट रोजगार लगाइदिने लगायत बिभिन्न बहानामा भारत लगि किड्नी झिक्ने गरिएको छ भने केहीले आर्थिक अभावका कारण स्वइच्छाले मृगौला बेच्ने गरेका छन् । बलजफती मृगौला झिकिएकाहरुको त कुनै छाडौं स्वइच्छाले मृगौला बेच्न जानेहरुलाई समेत भनेजती रकम त दिइदैन नै उल्टै कुटपीट र दूव्र्यबहार गरेर पठाइन्छ । आर्थिक प्रलोभनमा परेर मृगौला बेच्न जानेहरु भारतीयको अपमानले सधै आत्माग्लानीमा पर्दछन् । शुरुमा आर्थिक अभाव झेलेको समुदायमा दलालहरु छिरी बिभिन्न प्रलोभनमा पारेपछि किड्नी बेच्न राजी गराएर भारत लाने गर्दछन । अझ केही दलालले त काठमाडौंदेखी नै बिहोस गराएर भारत छिराउँछ्न । यसरी भारत कटाउदा समेत नेपालको सुरक्षा निकाय बेखबर हुन्छ । नेपालमा किड्नी खरिदका लागि भने भारतीय तस्करहरुले नेपालीलाई नै लगाउने गर्दछन् । तर यस्ता तस्करहरु गाउँ गाउँमा पुगेर तस्करी साजाल बढाउँदा समेत प्रहरी किन बेखबर बनिरहेको छ । नेपाली दलाललाई नी के भयो र एकजना मान्छेको किड्नी भारतीयको हातमा दियो भने २०÷२५ हजार ज्याला र बाँकी उसको हातमा राखीदिएको १ लाख देखी १ लाख ५० हजार सम्ममा मृगौला बेच्नेलाई जतिमा मिलाउन सक्यो बाँकी नगद आउने नै भयो । तर दलालहरुले किड्नी बिक्रेताको हातमा २० देखी बढीमा ६० हजारमात्र थमाउने र बाँकी आफै खाइदिन्छन् । किड्नी बिच्ने गहीरो आत्मग्लानी र नयाँ रोग बोकेर फर्कन्छ भने दलाल र तस्कर त्यसैबाट मालामाल हुने गरेको छ । अझ भारतीय किड्नी तस्करले त १ लाखमा खरिद गरेको मृगौला ७ लाख देखी १८ लाखसम्ममा बेच्ने गर्दछन् । मृगौलाको भारतीय तस्करी साजाल अष्ट्रेलिया सम्म पुग्छ र त्यहाँबाट अमेरिका बेलायत जर्मनी टर्की गि्रस लगायत ५५ देशमा फिजीएको छ । यी गिरोहहरु गरिबबाट मृगौला खरिद गर्ने र धनीलाई १० गुणा बढीमा बेचबिखन गर्ने गर्दछन् । दलालले पनि गाउँ छिर्दा अनेक बहाना बनाउने र नाम समेत झुक्याउने गर्दछन् । पक्राउ पछि नेपाल प्रहरीले भारतीय प्रहरीलाई सुम्पेका कुख्यात मृगौला तस्कर अमितकुमार पछि पनि नेपालीको किड्नी दलालीले बेचेको बेच्यै छन् । अमितकुमारको मुख्य किड्नी व्यापार गर्ने ठाँउ भने नेपालमै थियो तर प्रहरीले नेापलमा भएको अपराध बारे कुनै अनुसन्धान नै नगरी भारतीय गुप्तचर प्रहरीको जिम्मा लगाएको थियो । उनलाई पक्राउ परेपनि उनका सहयोगी नेपालीहरु अहिलेसम्म प्रहरी फन्दामा नपरेकाले पनि नेपालबाट हुने मृगौला तस्करी अझै रोकिन सकेको छैन । भारतको एक टेलिभिजनले गोप्यक्यामेरामा कैद गरिएको रेकर्डमा अमितकुमारले आफुले नेपालबाटै किड्नीको कारॊबार गर्ने गरेको जनाएका थिए । उनले आफैले नेपालबाट भारतीयको किड्नी फेरिदिने र त्यसवापत १५ लाख रुपैंया दिनुपर्ने जनाएका थिए । तर काठमाडौंको कुन अस्पतालमा त्यस्तो कारोबार भइरहेको छ यसबारेमा प्रहरीले कुनै अनुसन्धान अघि बढाएको छैन । अभियुक्तलाई बुझाएर अनुसन्धान गर्न बाध्य प्रहरीको त कुनै छाडौं उनका एक सहयोगी त नेपालमा समेत उनीसंगै रहेर पनि फरार भए उनका नेपाल एजेन्ट रमेश थापा कहाँ भागे अनि अहिले उनको अनुसन्धान के भइरहेको छ । यीमात्र होइन उनका भाई जीवन अमितकुमारका नेपाली सहयोगी पङकज झालाई तत्काल पक्राउ गरेर अनुसन्धान नगरेसम्म नेपालमा हुने किड्नी तस्करी रोकिने छैन । किड्नी तस्करले किन नेपालबाट तस्करी गरिरहेका छन् त तरल राजनीतिमा तस्कर राज रोक्न सबै उकजुट हुनु जरुरी छ ।अझ रहस्य त के छ भने नेपालमा घाइते भएका यी किशोरको त अस्पतालमै लट्ठीएकै बेला मृगौला चोरी भयो । उनलाई मोटरसाइकलले ठक्कर दिएर घाइते भएपछि प्रहरीले अस्पताल त पुर् याएको थियो । तर खुट्टाको चोट मात्र होइन दलालले किड्नी समेत चोरिदिएछ । यसरी नेपालकै अस्पतालबाटै मृगौला चोरी हुन थालेकाले पनि नेपालमा तस्करी जालो कसरी फैलिएकेा छ भनी अनुमान लगाउन कुनै कठिन छैन । सावधान तस्करीको जालो गाउँ घरमा मात्र होइन अस्पतालमा समेत फैलिइसकेको छ । यसतर्फ सम्बन्धीत निकायको सर्तकता खाँचो छ । भारतमा कुख्यात मृगौला तस्कर अमितकुमारको अस्पतालमा आधा दर्जन नेपालीले काम गरेको रहस्य खुल्नुले पनि नेपामा मृगौला तस्कर र दलालको संख्यामा कमी छैन भन्न सकिन्छ । नेपालबाट हुने मानव अंगहरुको अबैध कारोबार रोक्न कडा कानुन सचेतना र मानवअंग प्रत्यारोपण गराउँदा अनिवार्य सिफारिस गर्ने व्यबस्था तत्काल नगर्ने हो भने मृगौला तस्करीको अपरम्पार जालो नेपालमा फिजीन धेरै दिन लाग्ने छैन ।
किड्नी बेच्नेको बिलौना
काभ्रेका माधब बरालले ७ वर्ष पहिले दलालीमार्फत घर चलाउन आफ्नो किड्नी बेचेपनि किड्नी बेचेदेनखी उनको मुहारमा खुसी छाउन सकेको छैन । दलालीले अनेक प्रलोभन देखाएपनि किड्नी बेचेपछि नत दलालीले उनलाई भनेजति रकम दियो नत औषधि उपचार नै । १ लाख ५० हजार नगर उपलब्ध गराउने आश्वासन दिएको दलालले काठमाडौंबाटै उनलाई लट्ठाएर भारत कटाएर मृगौला निकालेपछि बल्ल बल्ल ४५ हजार हाता लाग्यो उनलाई । राजन नामको दलालले उनलाई गाउँबाट काठमाडौं हुँदै भारतसम्म पुर् याएको उनी बताउँछन् । २ लाखको लोभमा परेर किड्नी बेच्न गएका यी युवाले भनेजति रकम त पाएनन पाएनन सल्यकि्रयाको पीडासंगै उल्टो दलालीको कुटाई खाएर फर्के । झापा घर बताउने दलालले उनलाई भारतमा लगेर किड्नी झ्किेर बेच्न लगाएको थियो । यीनलाई सिलगुडी आएपछि भनेजति रकम भएन भनी पैसा थपको आग्रह गर्दा रामधुलाई खानुपर् यो । अहिले काम गर्न निकै कठिन भएकोले व्यर्थमा मृगौला बिचेकोमा बिलौना गरेका छन र आफुजस्तै कसैले यस्तो संकट भोग्न नपरोस भनी कामना गर्दछन् । अहिले उनी रक्सी खाएर दुखाई कम गराइरहेका छन् । यी महिलाले पनि ५ वर्ष अघि परिवार पाल्न कठिन भएकाले मृगौला बेचीन । उनलाई पनि १ लाख ५० हजार दिने भनेर लगेपनि जम्मा ६० हजार दिए दलालीले । उनलाई पनि दलाल कहाँ बस्छ र के गर्छ भन्ने पत्तो छैन । त्रिशुली घर भएको बताउँने ती दलालाई कडा कार्वाहीको माग गर्छिन । अहिले उनी काम गर्न नसकेको पीडालाई कम गर्न रक्सीको सहारा लिँदै आएकी छिन् । दलालले ३ लाख दिने जनाएपछि ६ वर्षअघि किड्नी बेच्न राजी भएका यीनलाई दलालीले जम्मा ५० हजारमात्र दिएकोमा खिन्न त छँदैछन् उनी उल्टो काम गर्न नसक्ने र घाउको पीडाले छट्पटाइरहेका छन् । यी युवाको दाबी पताउने हो भने त नेपालकै अस्पतालबाट समेत मृगौला चोरी हुन थालेको छ । मोटरसाइकलले ठक्कर दिएपछि अस्पताल भर्ना भएका यी युवाको बेहोस अबस्थामै डाक्टरको संलग्नतामा मृगौला चोरी भयो । बाटामा मोटरसाइकलको ठक्करबाट घाइते यी युवा फर्कदा खुट्टाको मात्र होइन मृगौला समेत चोरी भएपछि बिलौना गर्दै घर फर्के तर उनलाई घरमा समेत परिवारका सदस्यले पीडा थपेपछि उनी शारीरीक मात्र होइन मानसीक अबस्थाबाट समेत पीडित बन्नुपरेको छ । एक युवाको दाबी साँचो हो भने अब सर्वसाधरणले नेपालकै अस्पताल जाँदा पनि निकै सचेत हुनुपर्ने भएको छ । बिभिन्न नाम र बहानामा गरिबीको अबस्था थाहा पाएका दलालहरु गाउँ छिर्ने र भारतसम्म पुर् याएर मृगौला बेचेर रकम कमाउने गरेका छन् । आफ्नो पीडाले उनी श्रीमान मृगौला बेच्न तयार भएपनि आफुले रोकेको बताउँछिन। यी त भए स्वइच्छाले मृगौला बेचेपछिको बिलौना यस्ता धेरैले मृगौला बॆचेका छन् तर आत्मग्लानीभएकाले धेरै चुप लागेर आफ्नो अक्ष्मय गल्तीबारे सोचीरहेका छन् । मृगौला बेचेर साहुको रिण तिर्न तयार भएका मृगौला बिक्रेताहरु अहिले पीडा र दुखका साथ रक्सीको भरमा क्षणीक आराम र सन्तुष्टि प्राप्त गरिरहेका छन् ।
अमितकुमारको नालीबेली

अमितकुमार किड्नी तस्करीका पर्याय । जसले गरिब र निमुखाका किड्नीकै कारोबारलाई प्रमुख पेशा बनाएका थिए । उनले किड्नी नेपाल र भारतीय जनताबाट खरिद गरेपनि उनको कारोबारको केन्द्र भने अष्ट्रेलिया थियो । जहाबाट उनले ६० देशमा तस्करी साजाल बनाएका थिए । १९५६ मा भारतको अकोलामा जन्मेका अमितकुमारले खर भन्ने स्थानमा १९८० सम्म एउटा सानो किल्नीक चलाएर बसेका थिए । १९८० मा किड्नी तस्करसंग सम्पर्क बढाएका अमितकुमारले १९९० मा सी ग्रेडको भारतीय फिल्ममा लगानी थाल्दा समेत केही नेपालीहरु उनका सहयोगी थिए । आफ्नै लगानीमा निमिर्त खुनीरात भन्ने फिल्मीमा पुलीसको रोलमा फिल्म खेलेका उनी सन् १९९४ मा ५ महिनाका लागि मुम्बई जेलमा परेका उनी अमितकुमार १९९५ मा धरौटीमा रिहा भए जेलबाट रिहा भएपछि हरियानाको गुरगाउँमा एउटा अस्पताल खोलेर नेपालमा केही मृगौला बेच्नेहरु खोज्न दलाल लगाएको र भारतमा पनि दलाली प्रयोग गरी नेपालबाट मृगौला तस्करी गर्न थालेको स्रोतहरुको दाबी छ । १९९९ मा क्यानाडाबाट गुरगाउँ फर्केका अमित सन् २००३ मा मुम्बई अदालतमा प्रहरीले उनीबिरुद्व मुद्दा दायर गरेपछि पुन श्रीमती र बच्चासहित क्यानाडा भागेका थिए । सन् २००७ मा अमितकुमार पुन भारत फर्केर पुन किड्नीको व्यपार शुरु गरेका थिए । तर अमितकुमारलाई धेरै नेपालीले दलालमार्फत किड्नी बेचेका छन् । सन् २००० मा पनि अमितकुमार दिल्ली प्रहरीले निजामुद्दिन भन्ने स्थानबाट पक्राउ गरेपनि तारेखमा रिहा भए । पुन सन् २००१ मा मुम्बई प्रहरीले पक्राउ गरेपनि पुन तारिखमा छुटेका थिए । दलालीमार्फत किड्नी बेच्ने र दलालीको बास्तबीक पहिचान खुल्न नसकेका कारण किड्नी तस्करहरुलाई पक्राउ गर्न नसकेको प्रहरीको दाबी छ । फिल्मी स्टार बन्ने शोख पालेका अमितकुमारले त्यही शोख पुरा गर्न फिल्म क्षेत्रमा शुरुमा स्पट व्वाई र केही समय पछि लाइट व्वाई भएर काम पनि गरे । खरका क्लिनीक खोलेर अमितकुमार डाक्टर बनेका थिए । खरिदको १० गुणा बढीमा धनी व्यक्ति र विदेशीलाई किड्नी बेच्ने गरेको अनुसन्धानमा संलग्न भारतीय प्रहरी स्रोतको उल्लेख गर्दै भारतीय साचार माध्यमले जनाएकमा छन् । अमितकुमारको मृगौला व्यापार शैली निकै परिस्कृत शैलीको थियो । जुन प्रदेशमा बस्यो त्यो प्रदेशको प्रहरीमा सूचना पुगेपछि कानुन फितलो भएको प्रदेशमा बसाई सर्ने गर्दथे । कसरी पक्राउमा परे र छुटे उनी नेपालमा पक्राउ परेका अमितकुमारको बारेमा अब हामी तपाईलाई रहस्य खोल्ने छौं । जब प्रहरीले अमितकुमारलाई पक्राउ गरी हतकडी लगाएको थियो तब उनले भनेका थिए तपाईहरुलाई जति पैसा चाहिएपनि म तत्कालै दिन्छु तर मलाई पक्राउ नगर्नुस् । उनी नेपाल आएको र पक्राउ परेका कहानी पनि निकै रोचक छैन । चितवनको होटल वाइड लाइफ क्याम्प चितवनमा प्रुेबुअरी ७ २००८ मा छिरेका उनलाई होटलका म्यानेजर शंकर शैजुले शुरुमै कतै देखेजस्तो माने र निगरानी बढाएका थिए । शैजुले पत्रपत्रिकातिर अमितकुमारको मृगौल्ँ तस्करीबारे पढेका थिए ।अमितकुमार शुरुमा होटल छिर्दा अन्य सामन्य पाहुनाजस्तै जिन्सको कपडा र ज्याकेट लगाएर आएका थिए । होटलका कर्मचारी महेश्वर रेग्मीले अमितकुमारको कोठामा उनका सामान लिएर कफी दिए । तर होटल प्रबेशसाथ अमितकुमार अत्यन्तै हड्बडाएर शंकास्पद गतिबिधि देखाएपछि प्रहरीलाई खबर पुगेको थियो । जुन पत्रिकामा अमितकुमारको अपराधबारे समाचार आएको थियो त्यो पत्रिका अमितकुमारले च्यातेर आफ्नै खल्तीमा हालेका थिए । अमितकुमारको साथबाट क्यानाडा नेपाल र भारतीय सीम सहितका मोवाइलहरु पनि भेट्टिएको थियो । प्रहरीले पक्राउपछि पनि हतारले सार्वजनिक गरी कुनै अनुसन्धानबेगरनै भारतीय गुप्तचर संस्थाको जिम्मामा पठाइदियो। उनले नेपालमा कस्तो अपराध गरेका थिए भन्ने बारे अनुसन्धान गर्न बाँकी नै रहदा नेपाल प्रहरीले भारतीय सरकारलाई सुम्पनुले नेपालमा अमितकुमारले घटाएका धेरै अपराधको अनुसन्धान प्रभावीत बनेको छ । मृगौलाको अवैध प्रत्यारोपणमा संल्ग्न रहेका भारतको राजधानी नयाँदिल्ली नजिकै पर्ने हरियाणा राज्यको गुडगाँउमा निजी अस्पताल संचालन गरी गैर कानुनी रुपमा मृगौलाको प्रत्यारोपणमा संलग्न रहेका ठूलो गिरोह अमितकुमारको साथबाट करिब डेढ करोड बराबरको डलर र यूरो बोकेका थिए । इन्टरपोलको खाजीमा रहेका अमितकुमारलाई सुपुर्दकी गर्न सकिने भएपनि आफ्नो देशमा भएको अपराधबारे कुनै छानबीन नै नगरी भारतीय सरकारलाई सुम्पीयो । भारतीय समाचार संस्गाहरुले त अमितकुमारले बिरामीलाई झुक्याएर समेत मृगौला झिक्ने गरिबको सस्तोमा मृगौला किनेर धनीलाई मह्ंगोमा बेच्ने गरेको आरोप थियो । अधिकांस नेपाली मृगौला बेच्न र मृगौला सम्बन्धी रोगको उपचारका लागि भारत जाने भएपनि सरकारले आवश्यक अनुसन्धान गर्न सकेन । पक्राउको २ दिनभित्रै उनलाई भारतीय दबाबमा परी बुझाइयो । भारतीय आन्तरीक गुप्तचर संस्था केन्द्रीय अनुसन्धान व्यूरोले उनको बारेमा अनुसन्धान गरिरहेपनि नेपाल प्रहरीलाई अनुसन्धानबाट खुलेका तथ्यहरु दिएको छैन । अमितकुमार एउटा देशदेखी अर्को देश र एउटा प्रान्तबाट अर्को प्रान्त जाँदा कहिले अमित चौधरीको नामबाट कहिले अमित पुरुषोत्तम त कहिले राजेश र सुरेश राउतको नामबाट हिड्ने गर्दथे । अमितकुमारको नयाँ नयाँ आपराधिक शैलीका कारण भारतीय प्रहरीको पाजाबाट मुक्त हुने गरेका थिए । किड्नी कारोबारलाई विश्वव्यापी बनाउन अमितकुमार क्यानाडासमेत पुगेका थिए । अमितकुमारले वकिलहरुलाई घुस ख्वायर मुद्दा लम्बाउने गर्दथे । पक्राउ गरेको भोलीपल्टै नेपाल प्रहरीले उनलाई भारतीय गुप्तचर संस्थाको जिम्मा लगायो । भारतीय प्रहरीसंगको बयानमा पनि अमितकुमारले गरिब र दिनदुखीलाई सहायता मात्र गरेको दाबी गर्दै आएका छन् । भारतीय सरकारको दबाबका कारण अमितकुमार बिना कुनै अनुसन्धान भारतीय गुप्तचर संस्थाको जिम्मामा सुम्पीइए । यसले नेपालमा भएको धेरै किड्नी तस्करीको अनुसन्धान छायाँमा परेको छ ।

तस्करीमा नयाँ तरिका

प्रमोदराज सेढाई
दूर्लभ एकिसंगे गैंडाको संख्या अहिले विश्वभर २१ सय रहेको छ । नेपालमा सन् १९९४ २००० २००५ र २००८ मा गैंडाको गणना गरिएको छ । सन् १९९४ मा ६ सय रहेकेा गैंडा सन् २००० मा ५ सय ४४ सन् २००५ मा ३ सय ७२ वटा एकिसंगे गैंडा रहेको तथ्यांक सार्वजनिक गरिएको थियो । सन् २००६ भने गैंडा शिकारी अत्याधिक बढ्यो २००६ मा त एकिसंगे गैंडा जम्मा २ सय ६० रहेको तथ्यांक आएपनि सन् २००८ मा गरिएको गणनामा भने नेपालमा ४ सय ८ एकिसंगे गैडा रहेको तथ्यांक छ । सन् १९६५ मा साइटीसको अनुसुची १ मा राखी एकिसंगे गैंडाको सबै प्रकारको ओसार पसार गर्न निषेध गरिएको छ । कन्भेन्सन अन बायोलोजिकल डाइभरसीटी १९९२ ले एकिसंगे गैंडालाई लोप हुन नदिन धारा ८ मा राज्यले संरक्षणका लागि आवश्यक कानुनी प्रशासनिकलगायत कार्यकारी उपाय अबलम्बन गर्नुपर्ने दायित्व समेटेको छ । चितवन राष्ट्रिय निकुाज नियमावली २०३० को नियम २५ मा मुद्दा हेर्ने अधिकारीको रुपमा निकुाजका प्रमुख वार्डेन र कतिपय मुद्दाको हकमा सहायक संरक्षक रेन्जरलाई तोकेकोले यसको पारदर्शिता र दोषीले कार्वाहीबाट उन्मुक्ति पाउने भएकाले आवश्यकता अनुसार कानुन फेर्नुपर्ने संरक्षणविद्हरुको भनाई छ । गैंडाको तस्करीमा ४ तहका व्यक्तिहरुको संलग्नता रहेको अनुसन्धानकर्ताहरुको भनाई छ । गैंडा मार्न अन्तर्राष्ट्रिय तस्कर मुख्य नाइके र भाडाका मतियारहरु उपयोग हुने गरेका छन् । यसका लागि उनीहरुले खासगरी पश्चिमी भूभाग प्रयोग गर्दै आएका छन् । एउटा गैंडाको संरक्षण बराबर ४ जना कर्मचारी पर्दछन् तर गैंडालाई तस्करले मारेका मार् यै छन् । अझ पक्राउ परेकालाई छाड्न र रातारात जेल सारेर मानसिक रोगीदेखि एड्स रोगीसम्म बनाइन्छ । अनुसन्धान पुरा हुन नपाउँदै राजधानीका कारागारमा सारेर चलखेल गरिन्छ । वार्डेन र प्रमुख जिल्ला अधिकारीलाई समेत मुद्दा हेर्ने र आधा जेल भुक्तानी गर्न सक्ने समेत अधिकार दिएकाले त खाग तस्करीमा झन ठूलो चलेखल हुने गरेको छ । अर्धन्यायिक निकायलाई १५ वर्षसम्म कैद सजाय गर्न सक्ने प्रँवधान राख्नुले पनि चलेखेल कति हुन सक्छ सहजै अनुमान गर्न सकिन्छ । तस्करले एउटा खागको १४ हजारदेखि २० हजार अमेरिकी डलरसम्मा बेच्ने गर्दछन् । चितवन र बर्दियाबाट ल्याइएका खाग सडक मार्ग हुँदै तिब्बत कटाउने र त्यहाँबाट तेस्रो देश लाने गरिएको छ । पक्राउ परेकालाई तारेखमा छाड्ने र भाग्यो भन्दै फरारको सूचीमा राखिन्छ । फलामे पासो खानेकुरामा विष खाल्डोको धरापमात्र होइन करेण्ट लगाउने परम्परासमेत छाडेर तस्करहरु खुलेरै अत्याधुनिक हतियारसहित गैंडा मार्न सकि्रय छन् । बर्दियामा गैंडा शिकारमा सकि्रय समूह एसएलआर र एकेू४७ राइफल सर्टमेशिन गन एसएमजी जस्ता आधुनिक हतियारले सुसज्जित छ । १२÷१५ जनाको समुहमा िहंड्ने गिरोहले सुरक्षुकर्मीलाई समेत २४ सै घण्टा निगरानी राखिरहेका हुन्छन् । पक्राउ परेका अधिकांस मान्छे काठ दाउरा काट्न निकुाजभित्र छिरेका र जरायो चित्तलको शिकार गर्नेहरु रहने गरेका छन् । चितवनका एकसिङ्गे गैंडाको विनाश रोक्न र संख्या बढाउन अन्यत्र स्थानान्तरण गर्ने क्रममा सन् १९८६ देखि २००२ सम्म बर्दिया निकुाजमा ८३ वटा गैंडा स्थानान्तरण गरिएको थियो । तर अहिले तिनको संख्या जम्मा २० मा झरेको छ । भदौ महिनायता मात्र ६ वटा गैंडा मारिएका छन्। शुक्लाफाँटा वन्यजन्तु आरक्षमा छाडिएका चार गैंडाको संख्या बढेर सात पुगेपनि शिकारीले तीन वटा मारेपछि फेरि चारमै झरेको छ । चितवनमा भने गत २५ फागुनदेखि ११ चैतसम्म भएको गणनामा ४०८ गैंडा रहेका छन् ।
मानव खप्परकोपनि खतरा
तस्करहरुले जनावरको मात्र होइन मानव अंगको समेत तस्करी गरिररहेका छन् । मानव अस्थिपाजर र खप्परको तस्करीको पनि बिगबिगी छ । फितलो कानुनी व्यवस्थाले चिहान खनेर मानव खप्पर र हस्तीहाडहरु संकलन गर्नेहरु बढ्दै गएका छन् । मुख्यगरी भारतबाट काठमाडौं ल्याउने र यहाँ ट्रान्जीट बनाएर हवाईमार्गबाट मध्यपूर्वी युरोप र अमेरिका लगायतका देशमा जाने र स्थलमार्ग भने तिब्बत हुँदै चीनमा पुग्ने गरेको छ । अहिलेसम्म नेपालमा पक्राउ परेका मानव अस्थिपाजर भने भारतबाट आउने दाबी गरिएपनि नेपालकै कुनै चिहानबाट झिकिन्छ या झिकिदैन भन्ने स्पष्ट हुनसकेकेा छैन । काठमाडौंको ज्याठाबाट गत बर्षपनि १७ थान मानव खप्परसहित एक व्यक्ति पक्राउ परेका थिए । त्यस्तै गत अघिल्लो वर्ष चैत महिनामा राजधानीबाट बरामद गरिएका ठूलो मात्रामा मानव खप्पर र नलीहाड बरामद भएपछि नेपाल पनि तस्करीको ट्रान्जिट प्वाइन्ट बनेको देखिएको छ । तर यसको अन्तर्राष्ट्रिय रुट भने अहिलेसम्म स्पष्ट हुन सकेको छैन । गत २०६५ पुस २९ मा सशस्त्र प्रहरीको राजस्व गस्ती टोलीले काँकडभिट्टामा भारतबाट आएको एक सय ८० थान मानव खप्पर र आठ थान नलीहाड फेला पारेको थियो । अनुसन्धानमा संलग्न प्रहरीहरु भने भारतस्थित बिहारको गयामा रहेको बक्सर भन्ने स्थानबाट धेरै मानव अस्थिपाजर नेपाल आउने गरेको दाबी गर्छन । भारतमा चिहानबाट निकालिएको खप्परको ५ सय रुपैंयाँ पनि पदैन । त्यहाँबाट सीमापार गरी काठमाडौं ल्याइन्छ र काठमाडौंमा राखेर अन्तर्राष्ट्रिय बजार बुझिन्छ । तर मुख्य तस्कर कोठा भाडामा लिएर जान्छन भने भरियालाई कुराउँछन । पक्राउ परेपनि उनीहरु उम्कन्छन् भने भरिया पक्राउ पर्छन । तर पक्राउ पर्नेहरु पनि सामान्य तारिखमै छुट्छन् । अस्पष्ट काुननी व्यवस्थाले नेपाली कानुन अनुसार मानव खप्पर विक्री वितरण गर्ने व्यक्ति ठूलो अपराधको रुपमा लिएको छैन । प्रहरीले मान्छेको खप्पर विक्री गर्नेलाई समातेर कानुनी कार्वाहीको प्रकृयामा लगेपनि गम्भिर मानवीय अपराधका रुपमा लिइँदैन । पक्राउ परेपनि सार्वनिक अपराध ऐन अनुसार कार्वाहीको सिफारिसमा परेकाहरु सहजै २५ हजारसम्मको धरौटी बुझाएर मुक्त हुँदै आएका छन । चिहान खोतलेर बिक्री गरिने मानव अंग भनेको नलिहाड र खप्पर नै हो । प्रहरीले अहिलेसम्म यिनै २ वस्तुहरु मात्र बरामद गरेको छ । प्रहरीले मानव खप्परको स्रोत भारत रहेको दाबी गरेपनि कतिपय नेपाली चिहानबाट समेत उत्खनन् गरेर तस्करी गर्ने गरिएको पाइएको छ । नेपालमा मानव अंगको तस्करी कसरी बढेको छ भारतको विहारमा मानव खप्पर र नलिहाड सहजै पाइन्छ । एउटा खप्परको २ सय ५० नेपाली रुपैंया पर्ने दाबी प्रहरीको छ । नलिहाडको मुल्य पनि हाराहारीकै हुने रहेछ । त्यही खप्पर र नलिहाड काठमाडौं ल्याइपुर् याएपछि त्यसको मुल्य पुग्ने रहेछ ५ हजार । काठमाडौं आएपछि त्यसलाई सजावट गर्ने र सामानको बीचमा राखेर विदेशनिकास गर्ने गरिन्छ । काठमाडौंमा ५ हजारमा किनेको मानवखप्पर बिमानस्थल कट्नासाथ ५० हजारभन्दा बढी पुगिसकेको हुन्छ । भारतवाट काठमाडौं ल्याईएपछि खप्पर र नलिहाडलाई सुनचांदीले समेत मोडेर समेत विदेश निकाश गरिन्छ । चांदीले मोडेको खप्परको मुल्य ५० हजार पर्ने भएपनि सुनले मोडेकालाई १२ लाखसम्म पर्दछ । तर यसको उपयोगिता भने खप्पर राख्यो भने शुभ हुन्छ भन्नेमा मात्रै सीमित रहेको र केही व्यक्तिले खप्परलाई सुप खान समेत प्रयोग गर्ने गरेका छन् । तर खप्परको तस्करीमा संलग्न मुख्य तस्करहरुको चूरो समेत प्रहरीले अहिलेसम्म पाउन सकेको छैन । सामान्य अपराध गर्ने बराबरको सजायले गर्दा पनि मानव खप्पर तस्करी बढ्दै गएकोछ । खप्पर तस्करीबारे स्पष्ट कानुनी व्यबस्थाको आवश्यकता छ । तस्करी रोक्न कडा कानुन र सतर्कताको खाँचो छ ।
तस्करी बन्यो मुसा विरालो खेल
ढिलै भए पनि बन्यजन्तु तस्करी नियन्त्रण गर्न सरकारको घैंटोमा घाम लागेको छ । नेपाल बन्यजन्तु तस्करीको ट्रान्जिट प्वाइन्ट बनेको चाल पाएपछि सरकार बल्ल बन्यजन्तु अपराध नियन्त्रण ब्यूरो गठनको अन्तिम तयारीमा पुगेको छ । नेपाली सेना लगायतका सुरक्षा निकाय बन प्राविधिक विमान्ास्थलका प्रतिनिधि संलग्न हुने संयन्त्र अर्धन्यायिक हुने बताइएको छ । त्यसो त यस्ता तस्करीलाई हदैसम्मको कार्वाही गरी बन्यजन्तु चोरी शिकारी नियन्त्रण गर्न सरकार विशेष ऐन पनि ल्याउने तयारीमा जुटेको छ । राजनीतिक संरक्षण बन्यजन्तु चोरी शिकारी नियन्त्रणमा खटिएका सुरक्षा निकाय र कर्मचारीको साँठगाँठ बन्यजन्तु संरक्षणका बाधक बनेका छन् । अझ राजनीतिक संरक्षणका कारण कार्वाही प्रकि्रया अघि नै तस्करहरु उम्कने र पक्राउ परेका पनि सामान्य कार्वाही पछि छुट्ने प्रचलन रोक्न यो ऐन र संयन्त्र कत्तिको प्रभावकारी हुन्छ त्यो भने समयले नै देखाउला । तर जनावरको हाड छाला रौं जस्ता विशेष अंगमात्र होइन िसंगै जनावरको समेत तस्करी बढेको छ । नेपालबाट गैंडाको खाग मात्र होइन हात्ति बाघ मृग घोरल हरिण जस्ता जनावरको सँुड सिङ् छाला रौं र हड्डीको तस्करी पनि हुने गरेको छ । बाँदर हिमाली भालु चिल हुचिल पानी हाँस सर्प जस्ता जिउँदै जनावरको समेत कारोबार हुन्छ । तस्करी गरिएका अंगलाई सजावट कामोत्तेजक विभिन्न औषधी लागू औषध बैज्ञानिक अनुसन्धान हतियारका खोज लगायतमा उपयोग गर्ने गरिएको अनुसन्धानमा संलग्नहरु बताउँछन् । खासगरी गैंडाको खाग विभिन्न उत्तेजक औषधी निर्माण गर्न र सजावटको लागि प्रयोग गरिन्छ भने हात्तिको सुँड मृग घोरल हरिणका सिङ् छाला र रौंलाई भने सजावटको रुपमा घरमा राखिन्छ । केही यस्ता बन्यजन्तु छन् जसबाट कयौं मुलुकले बैज्ञानिक खोज र अनुसन्धानका लागि नै तस्करी गर्ने गर्दछन् ।
चील हुचिल पानी हाँस र हिमाली भालु बाँदर जस्ता बन्यजन्तुलाई विकसित मुलुकले अध्ययन अुनुसन्धान र परिक्षणका लागि प्रयोग गरिरहेका छन् । विकसित मुलुकहरुले पछिल्लो समयमा विकास गरेको निसानाबाज फाइटर विमानको आविष्कार चिल हुचिल र पानी हाँसको प्रबृत्तिको आधारमा गरेको विज्ञहरुको भनाई छ । यी चराहरुको गुणको अनुसन्धान गरी त्यस्ता फाइटर विमानको विकास गरेको विज्ञहरुको दाबी छ । बैज्ञानिकहरुले बाँदरमा ह्युमिनिटी टेष्ट गरिरहेका छन् । त्यस्तै अरबियन मुलुकका धनाढ्यहरुले हुचिललाई सजावटको सामाग्रीको रुपमा प्रयोग गनेृ गरेको बन बिभागका अधिकारीहरु बताउँछन् । नेपालमा तस्करहरु दशौं हजारको साजाल बनाई बन्यजन्तुको तस्करी गरिरहेका छन् । यो साजाल शक्ति धन र संयन्त्रको आधारमा यति शक्तिशाली छ कि राजनीतिक दलका नेता सुरक्षा निकाय र कर्मचारी तन्त्रका पदाधिकारीलाई यसले आफ्नो मुट्ठीमा पार्न सकेको छ । त्यसैले त रंगेहात पक्राउ परेका वन्यजन्तु तस्करी औसतमा ६ महिना देखि १ वर्ष सम्म मात्र जेल पर्ने गरेका छन् । नेपालमा पित्तलको भाउमा खरिद गरेका बन्यजन्तुका अंगहरु भने विदेशमा सुनको भाउमा बिक्री हुने गर्दछ । बाघको छाला र हड्डीलाई स्थानीय स्तरमा १५ हजार देखि ६० हजार रुपैंयासम्ममा खरितेर तस्करले विदेशमा ८ देखि ९ लाख रुपैंया सम्ममा बिकि्र बितरण गर्ने गर्दछन् २०५७ सालमा सरकारले सार्वजनिक गरिएको तथ्याङ्क अनुसार नेपालका विभन्न जंगलमा ९८ देखि १ सय २३ वयस्क बाघ रहेका छन् । अहिले त्यो संख्यामा २ वटा बाघ कमी रहेको तथ्याङ्कले देखाएको छ । जसमध्ये चितवन राष्ट्रिय निकुाजमा ९१ बर्दिया राष्ट्रिय निकुाजमा १८ शुक्लाफाँटामा पाँच वर्षअघि २२ वटा पाटेबाघ रहेकामा हाल जम्मा ८ र पसा्र बन्यजन्तु आरक्षमा ४ वटा बाघ रहेका छन् । तर कति बाघ तस्करको आहारा बने अहिलेसम्म एकिन हुन सकेको छैन । तस्करको निशानामा परेकाले पाटे बाघको अस्तित्व पनि सङ्कटमा पर्दै गएको छ । संरक्षित क्षेत्रभित्र बाघ मारिँदै जान थालेका छन् । चितवन राष्ट्रिय निकुाज बर्दिया राष्ट्रिय निकुाज शुक्लाफाँटा वन्यजन्तु आरक्षलगायत संरक्षित क्षेत्रमा रहेका बाघ पनि मासिँदै जान थालेका छन् । सुरक्षा व्यबस्था कडा पारिएमा बाघ जाने रुटमा एम्बुस थापेर बसेका तस्करहले मार्ने गरेका छन् । लामो समयदेखि बाघ गणना एकपल्ट पनि नभएकाले मारिएका बाघको संख्या पनि यकिन हुन सकेको छैन । बर्दिया र पसा्र बन्यजन्तु आरक्षणमा बाघ घट्दै जान थालेका छन् ।

इन्टरपोल र नेपालको अपराध


प्रमोदराज सेढाई
नेपालले अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको सदस्यता लिएको ४२ वर्ष पुगेको छ । २७ सेप्टेम्बर १९६७ मा इन्टरपोलको ३६ औं महासभाबाट सदस्यता लिएको नेपाल अहिले ७९ औं महासभामा भाग िलंदैछ । इन्टरपोलको सदस्य राष्ट्र बन्न सरकारी अधिकारीमार्फत देशले इन्टरपोलको महासचिव समक्ष आग्रह गर्ने र महासचिवको आग्रह बमोजिम महासभामा प्रवेश गराउनुपर्दछ । त्यसपछि महासभाको २ तिहाई बहुमतले सदस्यता दिन समर्थन जनाए सदस्यता प्राप्त गर्न सकिन्छ । अपराध र अपराधीको कुनै सीमा र भूगोलमा सीमित नरहने भएकाले नेपालमा मात्र होइन विश्वभर अपराधी र अपराध दिन दुईगुना रात चारगुनाका दरले बढ्दै गएको छ । एक देशमा अपराध गरेर सजायबाट उन्मुक्ति पाउन सीमापार गर्ने प्रवृति अपराधीमा संस्थागत भएको छ । तर नेपालमा अपराध गरेर भाग्ने अनि इन्टरपोलको सूचीमा नपर्ने प्रवृत्ति बढेको देखिएकॊ छ । यस्तो किन त यस्तो जिज्ञासा उत्पन्न हुनु स्वाभाविकै हो । तर इन्टरपोल सूचना पनि त्यतिकै जारी गर्न सकिन्न । यसका लागि अपराधी पुगेको स्थान उमेर आमाबाबुको नाम वतनसहितको प्रष्ट विवरण चाहिन्छ अपराधीको विवरण इन्टरपोलक सूचीमा राख्न । तर चलायमान चरित्रका अपराधीहरु यति बठ्याँई गर्छन कि सम्पूर्ण सूचना नष्ट गरेर सीमापार भइहाल्छन् । नेपालका रेड कर्नर नोटिस १५ वटा छन् । जसमा भारतीयको नाममा १ अमेरिकी नागरिकको नाममा १ र नेपालीको नाममा १३ वटा रेड कर्नर नोटिस जारी छन् । त्यस्तै नेपाल प्रहरीको इन्टरपोल शाखाले एक नाइजेरियन नागरिकलाई कालो सूचीमा राखेको छ । त्यस्तै हराइरहेका चचिर्त समाजशास्त्री डोरबहादुर बिष्टर अर्का एक बंगलादेशी नागरिकको खोजीका लागि एउटा एलो नोटिस जारी भएको छ । त्यस्तै विश्वभरबाट २६ जना नेपालीबिरुद्व रेड कर्नर नोटिस जारी भएको छ । जसमा भारतले २० जनाबिरुद्व रेड नोटिस काटेको छ भने विदेशी प्रहरीबाट नेपालका चर्चित मोस्ट वान्टेड ५ जनालाई रेड कर्नर नोटिस जारी भएको छ । जसमा साउदी अरबले २ जना विरुद्ध नोटिस काटेको छ भने यूएईबाट ३ र अमेरिकी प्रहरीले १ जनाक नेपाली नागरिक विरुद्व नोटिस काटिएको छ । जसमा २४ जना पुरुष र २ महिला रहेका छन् । नेपाल र विदेशबाट समेत गरी ४१ नेपाली अहिले रेड कर्नर नोटिसमा छन् । यदि इन्टरपोलको नोटिसमा राख्न मिल्ने भएको भए २०५० यता उपत्यकाभित्र हत्यामा संलग्न भई फरार झण्डै डेढ सय अपराधी मात्र होइन थुप्रै अपराधीहरुको सूची इन्टरपोलमा राखिसकिएको हुन्थ्यो । अदालतमा मुद्दा चलाएर दोषी ठहर् याएपछि प्रमाणसहित अपराधी फरार भएको घोषणा गरेपछि मात्र औपचारीक रुपमा इन्टरपोलको रेडकर्नर नोटिस जारी गर्न सकिन्छ । अन्य देशमा त अपराध गरेर अपराधी फरार हुनासाथ अभियोग दायर हुनासाथ अदालतले पक्राउ पूर्जी काटिहाल्छ अनि इन्टरपोलमा राख्ने या आन्तरिक सर्कुलरमा राखेर कार्बाही अघि बढाउने निर्णय हुन्छ । तर नेपाल प्रहरीले न त पूर्जी काट्न सक्छ न त नभेट्टिएपछि मोस्ट वान्टेडको सूचीमै राख्न सक्छ । नोटिस जारी भएपछि अन्य देशलाई अपिल सम्म हुन्छ । अपराधी समातियो भनेपनि स्वदेश ल्याउन पक्राउ परेको देशको कानुन र दुईपक्षीय सन्धि आवश्यक पर्छ । नेपालजस्तै राजनीतिक आग्रह र दबाब दिएर अपराधी सुटुक्क बुझाउँदैनन् अन्य देशले । त्यस्तै भएको छ कथित स्पाइडर गु्रपका नाममा मेनपावर व्यवसायीहरुलाई आतंक फैलाई ठूलो चन्दा माग्ने र नदिएकै कारण गोली प्रहार गर्ने गरेका मिलन लामा इन्टरपोलको सूचीको आधारमा भारतमा पक्राउ परे तर भारतले अझै नेपाललाई अपराधी बुझाएकॊ छैन । आपुूलाई बुझाउन नेपाल प्रहरीले बारम्बार गरेकॊ आग्रहलाई भारतले अस्वीकार गर्दै्र आएको छ । नेपाल प्रहरी इन्टरपोलको सदस्य भएपनि धेरै फरार अपराधीलाई रेड कर्नर नोटिसमा राख्न सकेको छैन । पक्राउ पूर्जी जारी गरेपनि अझै धेरै हत्याकाण्डका अभियुक्तहरु अझै फरार छन् । नेपालमा हत्या गरी सीमापारी भागिसकेका छन् । ठूला ठूला हत्याकाण्डका नायक र अपराधीलाई अझैसम्म इन्टरपोल नोटिसमा राख्न सकिएको छैन । अझ प्रमाण सबुदमुखी अपराध अनुसन्धान र अपराधीको निगरानी हुन नसक्दा फरार हुनेक्रम रोकिन सकेको छैन । कतिपय कानुनी अड्चनले नेपालबाट अपराध गरी सीमापार जानासाथ उन्मुक्ति पाएका छन् । प्रहरीले पक्राउ पूर्जी काटेपनि उनीहरुलाई मोस्ट वान्टेडमा राख्न सकेको छैन । प्रहरीले अभियुक्त पक्राउ गरेको मोस्ट वान्टेड लेखेको व्यक्तिलाई अदालतले निर्दोष प्रमाणित गरेमा मानहानीको मुद्दा दायर हुन सक्ने र त्यस्ले प्रहरी अनुसन्धान नै फितलो देखिने भएकाले यो जोखिम मोल्दैन ।
नेपालमा धेरै अपराधमा संलग्नहरु फरार छन् । हत्यादेखि बलात्कार र लागू औषधकाण्डसम्मका अपराधीहरुलाई विविध कारणले प्रहरीले इन्टरपोलको सूचीमा राख्न सकेको छैन । कानुनी र प्राविधिक समस्याका कारण संदिग्ध अपराधीको नाम पनि सार्वजनिक गर्न मिल्दैन प्रहरीले । जिल्ला जिल्लामा भएका अपराधको अदालतले गरेको फैसलाको प्रतिलिपि जिल्ला प्रहरी कार्यालय हुँदै प्रहरी प्रधान कार्यालय आइपुग्न लामै समय लाग्छ । त्यसमा पनि विश्लेषण र अनुसन्धान गर्दै लामो प्रकि्रया पार गर्नुपर्छ । त्यस्तै भयो २०६१ भदौं १६ गते राजधानीमा श्रृङ्गखलावद्व बम विष्फोटका अभियुक्तलाई रेड कर्नर नोटिस जारी गर्ने प्रकि्रया । अभियुक्तलाई इन्टरपोलको रेड कर्नर नोटिस जारी गर्ने प्रहरी तयारी पर्याप्त प्रमाण नभएकाले संभव नै भएन । इन्टरपोलले पर्याप्त प्रमाण र अदालतले अपराधी प्रमाणित गरेको विवरणसहितको प्रमाण राखेर मात्र सूची दर्ता गर्न भन्यो । उनीहरु पक्राउ नपरेको र प्रहरीसंग पनि पर्याप्त विवरण नभएकोले अपराधी ठहर गर्न प्रहरीलाई समेत अप्ठ्यारो पर् यो । भदौं १६ मात्र होइन चर्चित हत्याकाण्डका अभियुक्तहरुको समेत इन्टरपोललाई आवश्यक प्रमाण र कागजातको अभावमा सूचीमा राख्न सकिएको छैन । यतिमात्रै कहाँ हो र पार्टीको झण्डा बोकेर हिड्नेलाई त अपराध मिनाहा गर्ने संस्कार नै छ । विवेक देवकोटाको खुट्टा काट्नेहरु पनि कानुनी दायराबाहिरै छन् । त्यस्तै रामहरि श्रेष्ठका हत्यारा मानिएका कालिबहादुर खाम र पत्रकार वीरेन्द्रकुमार साहका हत्या देवेन्द ्रपट्टेल लालबहादुर चौधरीहरु पनि राजनीतिक फरार छन या बनाइएका छन् । प्रहरीले राजधानीमा भएको श्रृङखलावद्व बम विष्फोटको जिम्मेवार ठहराएका बबनिसंह सभासद् बनेका छन् । यी तथ्यहरु आफै बोलिरहेका छन् अपराधीलाई राजनीतिक आवरणमा चोख्याउने या भगाउने खेल राजनीतिक तहबाटै भएको छ । राजनीतिक दलले अपराधविरुद्वको प्रतिवद्वता पानीको फोकासरह भएको छ । अनि प्रहरी प्रशासनलाई राजनीतिबाट प्रभावीत पारि निष्प्रभावाही पारिदैछ कार्यकर्तालाई संरक्षण दिने र राजनीतिलाई अपराधीकरणतर्फ लाने नेताहरुको प्रवृतिले अब राजनीतिभित्र अपराध होइन अपराधभित्र राजनीति हुने खतरा बढ्दो छ ।
रंगबाट अपराधीको पहिचान
१९२३ मा खुलेको प्रहरीको सबैभन्दा ठूलो संगठन इन्टरपोलमा १ सय ८७ देश सदस्य रहेका छन् । यसको काम २४ सै घण्टा र ३ सय ६५ दिन नै चालू रहन्छ । २००९ का लागि इन्टरपोलको बजेट ४७।४ मिलियन यूरो छ । यसको मुख्य उद्देश्य नै सीमापार अपराध नियन्त्रण र ठूला अपराधी नउम्किउन भन्ने हो । इन्टरपोलको मुख्य प्राथमिकता ६ वटा रहेका छन् । जसमा लागू औषध तथा आपराधिक संगठन आर्थिक तथा उच्च प्रविधिको अपराध फरार अपराधी जनताको सुरक्षा तथा आतंकवाद मानव बेचबिखन र भ्रष्टाचार रहेको छ । प्रुान्सको लिवनमा प्रधान कार्यालय रहेको इन्टरपोलले विभिन्न नोटिस काटेको त तपाईले सुन्नुभएकै छ । इन्टरपोलले सात प्रकारका नोटिस काट्दछ । त्यसमा रेड ब्लू ग्रीन यलो व्ल्याक वरेन्ज र राष्ट्रसंघीय सुरक्षा परिषद्ले निर्देशित गर्ने विशेष नोटिस । रेड कर्नर नोटिस वान्टेड लिस्टमा परेको अपराधीहरु रहन्छन । त्यस्तै व्लू नोटिसमा कुनै अपराधमा प्रत्यक्ष या अप्रत्यक्षँ संलग्न हुने अपराधीहरुको नाम राखिन्छ । त्यस्तै गि्रन नोटिसमा एकदमै खतरनाक अपराधीलाई सुचिकृत गरिन्छ । हराएका या वेपत्ता भएकाहरु एलो नोटिसमा पर्दछन् भने । चिनिन नसकेका लासहरु व्ल्याक नोटिसमा राखिन्छ । अरेन्ज नोटिसमा भने सामाजिक सुरक्षामा खलल पारेका अपराधीलाई राखिन्छ । त्यस्तै आतंकवादी संगठनमा सामेल बरिष्ठ आतंकवादी नेताहरुलाई भने राष्ट्रसंघीय सुरक्षा काउन्सील विशेष नोटिसमा राखिन्छ । इन्टरपोल नोटिसमा व्यक्तिगत बिबरण शारीरिक विबरण फोटो फिङ्गर पि्रन्ट पेशा भाषा कुनै नागरिकता पासपोर्ट नम्बर दस्तावेज नम्बर गरेको अपराध प्रहरीले सर्वाधिक खोजी गरेका अपराधीहरुलाई भने रेड कर्नर नोटिसमा राखिन्छ । नोटिस अरबी अग्रेजी प्रुेन्च र स्पेनीस भाषामा राखिन्छ । नोटिस काट्नका लागि अदालतले अपराधी ठहर गरेको हुनुपर्दछ । सर्वेक्षण अनुसार हरेक ५ वर्षमा १ सय २६ प्रतिशत नोटीस बढ्नॆ ६७ प्रतिशत सर्कुलेसन बढ्ने र १ सय ४१ प्रतिशतले पक्राउ पर्नेको संख्या वृद्वि भएको देखिएको छ । इन्टरपोलको एउटा शाखा संयुक्त राष्ट्रसंघमा समेत रहेको छ । २००८ मा इन्टरपोलको नोटिसमा विश्वभरका ४ हजार ५ सय ९६ अपराधी परेका छन् । जसमा रेड कर्नर नोटिसमा ३ हजार १ सय २६ व्लूमा ३ सय ४ गि्रनमा ६ सय ६४ एल्लोमा ३ सय ८५ व्ल्याकमा ९१ इन्टरपोल युएनमा २६ र अरेन्जमा ७ वटा रहेका छन् । विभिन्न देशले राखेको सिस्टम हेर्दा २००८ सम्म १३ हजार ३ सय ३९ रहेको छ । जसमा २३ हजार ३ सय ३९ सूचना र पक्राउ सर्कुलर ४१ हजार ४ सय ६० रहेको छ । राष्ट्रसंघिय विशेष नोटिस हतियारको व्यापार र आतंकवादलाई नियन्त्रण गर्ने गरी २००५ देखि नोटिस काट्न थालिएको हो । नेपाल प्रहरीको इन्टरपोल शाखा प्रहरी उपरीक्षकको कमाण्डमा २० जनाको छ । यसले आवश्यकता अनुसार प्रत्येक जिल्लाका प्रहरी प्रमुख भन्सार अध्यागमन लगायतका स्थानमा खोजीनीति गर्ने अधिकार प्राप्त छ । इन्टरपोल सदस्य विकशित देशका प्रहरीले इन्टरपोल शाखामा २ हजारसम्म प्रहरी कर्मचारीको दरबन्दी रहेकेा पाइन्छ । सबैभन्दा पछिल्लो प्रविधि र साचार विदेशी प्रहरीले इन्टरपोललाई नै दिने गरेका छन् भने तालिम सुविधा र प्रशस्तै भौतिक संरचनाहरु छन् तर नेपालमा इन्टरपोल सीमित बजेट र प्रविधिमै संचालित छ । इन्टरपोलको खर्च भने सदस्य राष्ट्र मिलेर गर्नुपर्दछ । िसंगापुरमा बस्ने ७९ औं बैठकले कस्ता निर्णय गर्ला यो भने हेर्न बाँकी नै छ । इन्टरपोलले कुनै देशमा ठूलो घटना भएमा त्यसको अनुसन्धान समेत गर्ने गर्दछ । सन् २००८ मा इन्टरपोलले ४ हजार ५ सय ९६ वटा नोटिस जारी गरेको छ । २००८ मा इन्टरपोल नोटिसमा परेका ५ हजार ६ सय ८० पक्राउ परेका मध्य ७ सय १८ जना रेड कर्नर नोटिसका थिए ।
सीमा काटेका पनि प्रहरी जालमा
नेपाल प्रहरीले रेडकर्नर नोटिस जारी गरेपछि धेरै अपराधी पक्राउ परेका छन् । पक्राउ परेपछि प्रहरीले नोटिसबाट हटाउँछ । भदौं २० गते डिफेन्स आर्मीका कमाण्डर रामप्रसाद मैनालीलाई पक्राउ गर् यो । झापाको सरणामती गाबिसस्थित भागिडुब्बाबाट पक्राउ परेका मैनाली इन्टरपोलमा रहेकाले अन्तर्राष्ट्रिय अपराधी थिए । चारजनाको ज्यान जाने गरी भएको धोबिघाटस्थित ए्जम्प्सन चर्च र तीनजनाको ज्यान जाने गरी विराटनगरको जामे मस्जिदमा बम बिष्फोट लगायत डेढ दर्जन अपराधमा संलग्न रहेको प्रहरी दाबी छ । महानगरीय प्रहरी अपराध महाशाखा हनुमानढोकाको टोलीले हातहतियार मुद्दा खेपेर तारेखमै रहेका बेला १८ महिनाअघि उनी फरार भएका थिए । त्यस्तै २०६५ साउन ११ गते चर्चित न्यूरो सर्जन डाक्टर उपेन्द्र देवकोटाकी छोरी मेघालाई अपहरण गर्ने समुहका सदस्यलाई पनि इन्टरपोल नोटिस जारी गरिएपनि नेपाल प्रहरीले नै पक्राउ गरेको थियो । घटनाको एक वर्षपछि इन्टरपोलको रेडकर्नर नोटिसमा परेका कृष्णछारा राई काठमाडौं जिल्ला अदालतमा आएर आत्मसमर्पण गरेका छन् । घटनामा संलग्न सिद्वार्थ लामा राजु लामा केशब दर्लामीमगर राजु थापा र गोकुल गिरीलगायतलाई पनि पक्राउ गरिएको छ । अपहरणपछि उनीहरुले १ करोड ३० लाख फिरौती असुलेका थिए । त्यस्तै ३ माघ २०५९ मा दरवारमार्गको रोयल डिस्कोमा भएको हत्याकाण्डका अभियुक्त राजु गोर्खाली बल्ल प्रहरी पाजामा परेका छन् । यी घटनाले नोटिसमा राखिएका अपराधी पक्राउ गर्न प्रहरी केही हदसम्म सफल रहेको मान्न सकिन्छ ।

विशेष सुरक्षा योजना कार्यानवयनका चुनौती


प्रमोदराज सेढाईं

शान्ति सुरक्षाको प्रभावकारिता दण्डहीनता अन्त्य तथा मानवअधिकार रक्षाका लागि विशेष कार्यक्रम २०६६ नाम दिई मन्त्रिपरिषद्को बैठकले पारित गरेको विशेष सुरक्षा योजना लागू गर्ने सन्दर्भमा थुप्रै व्यवहारिक नीतिगत र कानुनी अड्चन देखिएका छन् । तराई पूर्वीपहाड र मध्य पश्चिमका पहाडी जिल्लाको सुरक्षा सुदृढीकरणका लागि भन्दै ल्याइएको यो कार्यक्रममा दलहरुबीच सहमति बन्न नसक्नु नै कार्यान्वयनको प्रमुख चुनौती देखिएको छ । असहिष्णु राजनीतिले जन्माएको दण्डहीनता र आपुनो दुनो सोभुयाउन नियम कानुनलाई तिलााजली दिने होडका कारण सुशासनको धज्जी उड्दै गएको छ । अपराधीलाई राजनीतिक लेपन लगाएर उन्मुक्ति दिने परिपाटी संस्थागत हुँदै जाने खतरा छ । राजनीति र अपराधलाई छुट्याउने राजहंस मानिने राजनीतिक दलहरुले यी सबै दृश्य टुलुटुलु हेरेर बसेपछि सुरक्षा निकाय स्वयं िकंकर्तव्यविमूढको स्थितिमा छ । सरकारले ल्याउन लागेको विशेष सुरक्षा योजना सर्वसाधरणको शान्ति सुरक्षाका लागि सराहनीय छ । तर यसलाई व्यवहारिक कार्यान्वयनमा लैजाँदा पर्नसक्ने कठिनाइ र गल्तीबारे बेलैमा सचेत भई योजनाबद्ध ढंगले अघि बढ्नुपर्दछ । संविधानसभाको चुनाव सकिएको लामो समय बितिसक्दा पनि संक्रमणकालका नाममा शान्ति सुरक्षा कायम हुन सकेको छैन । द्वन्द्वकालमा विस्थापित प्रायः सबै प्रहरी इकाईहरु स्थापित भइसकेका छन् । तर किन सर्वसाधारणले शान्ति सुरक्षा र अमनचयनको अनुभव गर्न पाएका छैनन् र शान्ति सुरक्षा कायम गर्न विशेष योजना नै किन जरुरत पर् यो त अहिले चर्चाको विषय बनेको छ । यति ठूलो योजनाका लागि पर्याप्त रकम प्रभावकारी योजना सुरक्षा निकायबीचको उच्च समन्वय राजनीतिक इच्छाशक्ति र सहमति नीतिगत कानुनी र व्यवहारिक कठिनाइको समधान मानवअधिकार र प्रहरीको पेसागत इमान्दारिता सर्वसाधरणको सहभागितालगायत थुप्रै विषयमा योजना लागू गर्नुपूर्व नै स्पष्ट भएर अघि बढ्नुपर्ने आवश्यकता छ । सुरक्षानिकायले नयाँ डेटा रेकर्ड सिस्टम नअपनाएका कारण आपराधिक गतिविधि निरुत्साहित गर्न र अपराधीलाई कानुनी दायरामा ल्याउने कार्यमा चुनौती कायमै छ । अहिले सुरक्षा निकायमा सर्वसाधरणको विश्वास नभएकाले कुनै पनि सूचना सुरक्षा निकायमा दिन कोही इच्छुक नहुने गरेका छन् । विश्वव्यापी मान्यता हेर्ने हो भने साक्षीका रुपमा राज्यको उपस्थितिलाई नै सुरक्षाको रुपमा हेर्ने गरिएको छ । तर नेपालमा शान्ति सुरक्षाको कहालीलाग्दो अवस्थाले यस्तो योजना जरुरी पनि देखिन्छ । अपराध अनुसन्धानमा महत्वपूर्ण मानिने धेरै कानुन सान्दर्भिक नभएको र नयाँ कानुन पनि बन्न नसक्दा समस्या थपिएको छ । यसलाई विशेष सुरक्षा योजना लागू गर्नुपूर्व नै समाधान गरिसक्नुपर्दछ । सुरक्षा योजना लागू गर्नुपूर्व नै अपराध रोकथामका लागि महत्वपूर्ण हुने साक्षीको सुरक्षा गर्ने कानुन ल्याउन जरुरी देखिन्छ । त्यसैले यो ऐन लागू हुन नसक्दा धेरै पीडित तथा साक्षी बयान दिन र सूचना दिन हिच्किचाउने गरेको तथ्यलाई योजना लागू गर्नेले भूल्नु हुँदैन । गृहमन्त्रालयले विशेष योजनाका लागि विभिन्न शीर्षकमा तीन अर्व ८० करोड १० लाख २५ हजार आठ सय ३० रुपैयाँ थप खर्च माग गरेको छ । यति ठूलो रकमको योजना सुरुमै बजेटमा नपर्नुले पनि यो योजना पूर्ण तयारी र योजनाका साथभन्दा हतारमा ल्याएको जस्तो देखिन्छ । राजनीतिको उचित व्यवस्थापनले शान्ति सुरक्षामात्र होइन राष्ट्रको मुहार कस्तो बनाउने भन्ने फैसला गर्छ । तर विडम्बना जनताको मुक्तिको नारा लिएर हिँड्नेबित्तिक्कै सात खत माफ दिने अनौठो राजनीतिक संस्कारले अपराधलाई वैधता दिन थालेको जस्तो देखिएको बेला आएको यो योजना लागू गर्नैपर्दछ । दिनहुँजसो गोली हानिएको समाचार आइरहँदा पनि सरकार विज्ञप्ति आश्वासनमा सीमित भएर शान्ति र स्थायीत्व आउँदैन । शान्ति सुरक्षाजस्तो सवालमा सुरक्षा निकायको ढिलासुस्ती र लापरवाहीले िसंगो तराई र पूर्वीपहाड अहिले अनौठो मनोविज्ञानमा बाँचेको छ । यसै परिप्रेक्षमा सरकारले ल्याएको विशेष सुरक्षा योजना अहिले चर्चाको विषय बन्नु स्वभाविकै पनि हो । योजनामा महत्वपूर्ण मानिने गुप्तचरीको अनुसन्धान गर्ने जिम्मा पाएको राष्ट्रिय अनुसन्धान विभाग चरम राजनीतिक हस्तक्षेपका कारण निष्प्रभावी छ । यस्तो अवस्थामा विशेष योजना ल्याउँदैमा दीगो शान्ति कसरी आउँछ सुरक्षा बाँसुरी होइन जसको काम बजाउनेमात्र होस् । त्यसैले विशेष सुरक्षा योजना ल्याउनुपूर्व नै कानुन नीतिगत र समुहगत निर्णय लिनुपर्दछ । सुरक्षा निकायले पनि पदीय लालचमा राजनीतिलाई प्रभावित गर्ने काम भइरहेको छ । राजनीतिक हस्तक्षेपबाट मुक्त सुरक्षा निकाय र आधुनिक सुरक्षा अवधारणालाई साकार बनाउन प्रविधि सीप र धारणामा नयाँपन ल्याएर योजनाका साथ अघि बढ्नुपर्दछ । अन्यथा जुनसुकै योजना ल्याए पनि अपराध घट्न सक्दैन । समाज र समय सापेक्ष चल्न नसक्ने हो भने सुरक्षा निकायलाई टेढो आँखाले हेर्ने दृष्टिकोणमा परिवर्तन आउन सक्दैन ।एकातिर विशेष योजना लागू गर्ने सरकारी तयारी छ भने अर्कोतिर सरकारले वार्ताको बाँसुरी फुकेको पनि लामो समय बितिसकेको छ । तर वार्तामार्फत् समस्या समाधान गर्ने दिशामा ठोस उपलब्धी हासिल हुन सकेको छैन । तराईमा विभिन्न नाममा खुलेका हतियारधारी समुहहरु आपराधिक हुन् वा राजनीतिक भन्ने बारेमै अन्यौल छ । यो पनि तत्काल छुट्याउनुपर्दछ । गृहमन्त्रालयको आकँडाअनुसार अहिले देशभर एक सय ३० को हाराहारीमा सशस्त्र समुह कि्रयाशील छन् । तर सरकार वार्तामै मस्त छ । कस्तो र कुन समुहसँग वार्ता गर्ने भन्ने अन्योलमै अलमलिएको सरकारले विशेष योजना आफ्नो उदेश्यसम्म कसरी पुर् याउला यो भने हेर्न बाँकी नै छ ।माओवादी नेतृत्वको सरकारले गत मंसिर २६ गतेदेखि भाइरस किलस्र समुहबाट सुरु गरेको वार्ता प्रकि्रया अझै जारी छ ।
राजनीतिक अस्थिरताका नाममा संक्रमणकाल लम्बिँदा आपराधिक गतिविधिका लागि सशस्त्र समुहहरु खुल्ने र आपराधिक घटना बढ्नेमात्र भएको छैन कुनै सामन्य घटनामा समेत तोडफोड हड्ताल लुटपाट र बन्दसम्मका स्थिति श्रृजना भएका छन् । यस्ता घटनालाई सरकारले नियन्त्रण गर्न सकेको छैन भने सुरक्षा निकाय पनि गैरजिम्मेवार बन्ने गरेको छ । गृहमन्त्रालबाट पछिल्लो समय जुन किसिमको सुरक्षा योजनाका लागि अत्यावश्यक पर्ने समुह विभाजनलगायतका सवाल आइरहेको छ त्यसले पक्कै पनि योजनाको सफलताको आशा गर्न सकिन्छ । तर यो योजनालाई पर्व वा कुनै निश्चित समयका लागि मनाइने कार्यक्रमजस्तै बीचैमा रोकियो भने अपराध अझै मौलाउने छ । थुप्रै नीतिगत चुनौतीले यो योजना पनि निष्प्रवाही बन्यो भने सुरक्षाप्रति आमनागरिकको सरोकार कम हुने खतरा पनि उत्तिकै छ । शान्ति सुरक्षुका लागि पुलिसभन्दा चोर चलाख भन्ने मान्यता व्यंग्य नभएर सत्य सावित हुने गरेको छ । देशभर आपराधिक घटना वर्षेनी बढिरहेको छ । पेसेवर अपराधीको संलग्नताले अपराधका शैली बदलिएको छ । फिल्मी शैलीमा आपराधिक गतिविधि भइरहेका छन् भने अपहरण त सामन्य भइसकेको छ । तैपनि प्रहरी त्यही खागीको बर्दी र घँगरुको लाठीको भरमा घिसिपिटी शैलीमा अघि बढिरहेको छ । राजनीतिक बलमिच्याइर्ं र पैसाको चलखेलका कारण धेरै आपराधिक घटनामा मुद्दा चल्दैनन् भने अझ गम्भीर अपराधले पुलिस र न्यायालय देख्नै पर्दैन । यस्तो अवस्थामा कसरी लागू होला विशेष सुरक्षा योजना आशंका र अन्यौलता कायमै छ । अन्य नीतिगत समस्या ज्यूँ का त्यूँ छँदैछन् । त्यसमाथि अहिले बढ्दो बन्द हड्ताल र जिम्मेवार राजनीतिक दलका भ्रातृसंगठनहरुको कानुन हातमा लिने प्रवृत्तिले कसरी कार्यान्वयन होला विशेष सुरक्षा योजना शान्ति सुरक्षा कायम गर्न गृहमन्त्रालय र मन्त्रीले मात्र होइन सामुहिक राजनीतिक इच्छाशक्तिले मात्र कार्यान्वयन तहमा लैजान सक्छ ।