
प्रमोदराज सेढाई
कसैको जीवन सुरक्षित हुने मृगौलाको तस्करी गर्नेको अहिले बिगबिगी छ । नेपालबाट भारत पुर् याउने र त्यहाँबाट तेस्रो देशमा मृगौला पुर् याउने गरिएको छ । मृगौला तस्करीको अपरम्पार जालोले अहिले नेपाललाई पनि गाज्न थालेको छ । गाउँ गाउँमा मृगौला बेच्न प्रलोभन दिने दलालीहरु बढेका छन् तर त्यसमा संलग्नहरु पक्राउ पर्न सकेका छैनन । तर स्वचेछाले मृगौला बेच्नेहरुलाई समेत नत भनेजति रकम दिइन्छ अझ दलालीले तस्करले दिएको जति रकम पनि बीच बाटोमै खाइदिने गरेका छन् । त्यसतिमात्र होइन मृगौला झिकेपछिको दूव्र्यबहार त भनिनसकनु छ । नेपालबाट सस्तोमा मृगौला खरिद गरी १० गुणा बढीमा बेचबिखन गर्ने गरिएको छ । नेपालबाट रोजगार लगाइदिने लगायत बिभिन्न बहानामा भारत लगि किड्नी झिक्ने गरिएको छ भने केहीले आर्थिक अभावका कारण स्वइच्छाले मृगौला बेच्ने गरेका छन् । बलजफती मृगौला झिकिएकाहरुको त कुनै छाडौं स्वइच्छाले मृगौला बेच्न जानेहरुलाई समेत भनेजती रकम त दिइदैन नै उल्टै कुटपीट र दूव्र्यबहार गरेर पठाइन्छ । आर्थिक प्रलोभनमा परेर मृगौला बेच्न जानेहरु भारतीयको अपमानले सधै आत्माग्लानीमा पर्दछन् । शुरुमा आर्थिक अभाव झेलेको समुदायमा दलालहरु छिरी बिभिन्न प्रलोभनमा पारेपछि किड्नी बेच्न राजी गराएर भारत लाने गर्दछन । अझ केही दलालले त काठमाडौंदेखी नै बिहोस गराएर भारत छिराउँछ्न । यसरी भारत कटाउदा समेत नेपालको सुरक्षा निकाय बेखबर हुन्छ । नेपालमा किड्नी खरिदका लागि भने भारतीय तस्करहरुले नेपालीलाई नै लगाउने गर्दछन् । तर यस्ता तस्करहरु गाउँ गाउँमा पुगेर तस्करी साजाल बढाउँदा समेत प्रहरी किन बेखबर बनिरहेको छ । नेपाली दलाललाई नी के भयो र एकजना मान्छेको किड्नी भारतीयको हातमा दियो भने २०÷२५ हजार ज्याला र बाँकी उसको हातमा राखीदिएको १ लाख देखी १ लाख ५० हजार सम्ममा मृगौला बेच्नेलाई जतिमा मिलाउन सक्यो बाँकी नगद आउने नै भयो । तर दलालहरुले किड्नी बिक्रेताको हातमा २० देखी बढीमा ६० हजारमात्र थमाउने र बाँकी आफै खाइदिन्छन् । किड्नी बिच्ने गहीरो आत्मग्लानी र नयाँ रोग बोकेर फर्कन्छ भने दलाल र तस्कर त्यसैबाट मालामाल हुने गरेको छ । अझ भारतीय किड्नी तस्करले त १ लाखमा खरिद गरेको मृगौला ७ लाख देखी १८ लाखसम्ममा बेच्ने गर्दछन् । मृगौलाको भारतीय तस्करी साजाल अष्ट्रेलिया सम्म पुग्छ र त्यहाँबाट अमेरिका बेलायत जर्मनी टर्की गि्रस लगायत ५५ देशमा फिजीएको छ । यी गिरोहहरु गरिबबाट मृगौला खरिद गर्ने र धनीलाई १० गुणा बढीमा बेचबिखन गर्ने गर्दछन् । दलालले पनि गाउँ छिर्दा अनेक बहाना बनाउने र नाम समेत झुक्याउने गर्दछन् । पक्राउ पछि नेपाल प्रहरीले भारतीय प्रहरीलाई सुम्पेका कुख्यात मृगौला तस्कर अमितकुमार पछि पनि नेपालीको किड्नी दलालीले बेचेको बेच्यै छन् । अमितकुमारको मुख्य किड्नी व्यापार गर्ने ठाँउ भने नेपालमै थियो तर प्रहरीले नेापलमा भएको अपराध बारे कुनै अनुसन्धान नै नगरी भारतीय गुप्तचर प्रहरीको जिम्मा लगाएको थियो । उनलाई पक्राउ परेपनि उनका सहयोगी नेपालीहरु अहिलेसम्म प्रहरी फन्दामा नपरेकाले पनि नेपालबाट हुने मृगौला तस्करी अझै रोकिन सकेको छैन । भारतको एक टेलिभिजनले गोप्यक्यामेरामा कैद गरिएको रेकर्डमा अमितकुमारले आफुले नेपालबाटै किड्नीको कारॊबार गर्ने गरेको जनाएका थिए । उनले आफैले नेपालबाट भारतीयको किड्नी फेरिदिने र त्यसवापत १५ लाख रुपैंया दिनुपर्ने जनाएका थिए । तर काठमाडौंको कुन अस्पतालमा त्यस्तो कारोबार भइरहेको छ यसबारेमा प्रहरीले कुनै अनुसन्धान अघि बढाएको छैन । अभियुक्तलाई बुझाएर अनुसन्धान गर्न बाध्य प्रहरीको त कुनै छाडौं उनका एक सहयोगी त नेपालमा समेत उनीसंगै रहेर पनि फरार भए उनका नेपाल एजेन्ट रमेश थापा कहाँ भागे अनि अहिले उनको अनुसन्धान के भइरहेको छ । यीमात्र होइन उनका भाई जीवन अमितकुमारका नेपाली सहयोगी पङकज झालाई तत्काल पक्राउ गरेर अनुसन्धान नगरेसम्म नेपालमा हुने किड्नी तस्करी रोकिने छैन । किड्नी तस्करले किन नेपालबाट तस्करी गरिरहेका छन् त तरल राजनीतिमा तस्कर राज रोक्न सबै उकजुट हुनु जरुरी छ ।अझ रहस्य त के छ भने नेपालमा घाइते भएका यी किशोरको त अस्पतालमै लट्ठीएकै बेला मृगौला चोरी भयो । उनलाई मोटरसाइकलले ठक्कर दिएर घाइते भएपछि प्रहरीले अस्पताल त पुर् याएको थियो । तर खुट्टाको चोट मात्र होइन दलालले किड्नी समेत चोरिदिएछ । यसरी नेपालकै अस्पतालबाटै मृगौला चोरी हुन थालेकाले पनि नेपालमा तस्करी जालो कसरी फैलिएकेा छ भनी अनुमान लगाउन कुनै कठिन छैन । सावधान तस्करीको जालो गाउँ घरमा मात्र होइन अस्पतालमा समेत फैलिइसकेको छ । यसतर्फ सम्बन्धीत निकायको सर्तकता खाँचो छ । भारतमा कुख्यात मृगौला तस्कर अमितकुमारको अस्पतालमा आधा दर्जन नेपालीले काम गरेको रहस्य खुल्नुले पनि नेपामा मृगौला तस्कर र दलालको संख्यामा कमी छैन भन्न सकिन्छ । नेपालबाट हुने मानव अंगहरुको अबैध कारोबार रोक्न कडा कानुन सचेतना र मानवअंग प्रत्यारोपण गराउँदा अनिवार्य सिफारिस गर्ने व्यबस्था तत्काल नगर्ने हो भने मृगौला तस्करीको अपरम्पार जालो नेपालमा फिजीन धेरै दिन लाग्ने छैन ।
किड्नी बेच्नेको बिलौना
काभ्रेका माधब बरालले ७ वर्ष पहिले दलालीमार्फत घर चलाउन आफ्नो किड्नी बेचेपनि किड्नी बेचेदेनखी उनको मुहारमा खुसी छाउन सकेको छैन । दलालीले अनेक प्रलोभन देखाएपनि किड्नी बेचेपछि नत दलालीले उनलाई भनेजति रकम दियो नत औषधि उपचार नै । १ लाख ५० हजार नगर उपलब्ध गराउने आश्वासन दिएको दलालले काठमाडौंबाटै उनलाई लट्ठाएर भारत कटाएर मृगौला निकालेपछि बल्ल बल्ल ४५ हजार हाता लाग्यो उनलाई । राजन नामको दलालले उनलाई गाउँबाट काठमाडौं हुँदै भारतसम्म पुर् याएको उनी बताउँछन् । २ लाखको लोभमा परेर किड्नी बेच्न गएका यी युवाले भनेजति रकम त पाएनन पाएनन सल्यकि्रयाको पीडासंगै उल्टो दलालीको कुटाई खाएर फर्के । झापा घर बताउने दलालले उनलाई भारतमा लगेर किड्नी झ्किेर बेच्न लगाएको थियो । यीनलाई सिलगुडी आएपछि भनेजति रकम भएन भनी पैसा थपको आग्रह गर्दा रामधुलाई खानुपर् यो । अहिले काम गर्न निकै कठिन भएकोले व्यर्थमा मृगौला बिचेकोमा बिलौना गरेका छन र आफुजस्तै कसैले यस्तो संकट भोग्न नपरोस भनी कामना गर्दछन् । अहिले उनी रक्सी खाएर दुखाई कम गराइरहेका छन् । यी महिलाले पनि ५ वर्ष अघि परिवार पाल्न कठिन भएकाले मृगौला बेचीन । उनलाई पनि १ लाख ५० हजार दिने भनेर लगेपनि जम्मा ६० हजार दिए दलालीले । उनलाई पनि दलाल कहाँ बस्छ र के गर्छ भन्ने पत्तो छैन । त्रिशुली घर भएको बताउँने ती दलालाई कडा कार्वाहीको माग गर्छिन । अहिले उनी काम गर्न नसकेको पीडालाई कम गर्न रक्सीको सहारा लिँदै आएकी छिन् । दलालले ३ लाख दिने जनाएपछि ६ वर्षअघि किड्नी बेच्न राजी भएका यीनलाई दलालीले जम्मा ५० हजारमात्र दिएकोमा खिन्न त छँदैछन् उनी उल्टो काम गर्न नसक्ने र घाउको पीडाले छट्पटाइरहेका छन् । यी युवाको दाबी पताउने हो भने त नेपालकै अस्पतालबाट समेत मृगौला चोरी हुन थालेको छ । मोटरसाइकलले ठक्कर दिएपछि अस्पताल भर्ना भएका यी युवाको बेहोस अबस्थामै डाक्टरको संलग्नतामा मृगौला चोरी भयो । बाटामा मोटरसाइकलको ठक्करबाट घाइते यी युवा फर्कदा खुट्टाको मात्र होइन मृगौला समेत चोरी भएपछि बिलौना गर्दै घर फर्के तर उनलाई घरमा समेत परिवारका सदस्यले पीडा थपेपछि उनी शारीरीक मात्र होइन मानसीक अबस्थाबाट समेत पीडित बन्नुपरेको छ । एक युवाको दाबी साँचो हो भने अब सर्वसाधरणले नेपालकै अस्पताल जाँदा पनि निकै सचेत हुनुपर्ने भएको छ । बिभिन्न नाम र बहानामा गरिबीको अबस्था थाहा पाएका दलालहरु गाउँ छिर्ने र भारतसम्म पुर् याएर मृगौला बेचेर रकम कमाउने गरेका छन् । आफ्नो पीडाले उनी श्रीमान मृगौला बेच्न तयार भएपनि आफुले रोकेको बताउँछिन। यी त भए स्वइच्छाले मृगौला बेचेपछिको बिलौना यस्ता धेरैले मृगौला बॆचेका छन् तर आत्मग्लानीभएकाले धेरै चुप लागेर आफ्नो अक्ष्मय गल्तीबारे सोचीरहेका छन् । मृगौला बेचेर साहुको रिण तिर्न तयार भएका मृगौला बिक्रेताहरु अहिले पीडा र दुखका साथ रक्सीको भरमा क्षणीक आराम र सन्तुष्टि प्राप्त गरिरहेका छन् ।
अमितकुमारको नालीबेली
अमितकुमार किड्नी तस्करीका पर्याय । जसले गरिब र निमुखाका किड्नीकै कारोबारलाई प्रमुख पेशा बनाएका थिए । उनले किड्नी नेपाल र भारतीय जनताबाट खरिद गरेपनि उनको कारोबारको केन्द्र भने अष्ट्रेलिया थियो । जहाबाट उनले ६० देशमा तस्करी साजाल बनाएका थिए । १९५६ मा भारतको अकोलामा जन्मेका अमितकुमारले खर भन्ने स्थानमा १९८० सम्म एउटा सानो किल्नीक चलाएर बसेका थिए । १९८० मा किड्नी तस्करसंग सम्पर्क बढाएका अमितकुमारले १९९० मा सी ग्रेडको भारतीय फिल्ममा लगानी थाल्दा समेत केही नेपालीहरु उनका सहयोगी थिए । आफ्नै लगानीमा निमिर्त खुनीरात भन्ने फिल्मीमा पुलीसको रोलमा फिल्म खेलेका उनी सन् १९९४ मा ५ महिनाका लागि मुम्बई जेलमा परेका उनी अमितकुमार १९९५ मा धरौटीमा रिहा भए जेलबाट रिहा भएपछि हरियानाको गुरगाउँमा एउटा अस्पताल खोलेर नेपालमा केही मृगौला बेच्नेहरु खोज्न दलाल लगाएको र भारतमा पनि दलाली प्रयोग गरी नेपालबाट मृगौला तस्करी गर्न थालेको स्रोतहरुको दाबी छ । १९९९ मा क्यानाडाबाट गुरगाउँ फर्केका अमित सन् २००३ मा मुम्बई अदालतमा प्रहरीले उनीबिरुद्व मुद्दा दायर गरेपछि पुन श्रीमती र बच्चासहित क्यानाडा भागेका थिए । सन् २००७ मा अमितकुमार पुन भारत फर्केर पुन किड्नीको व्यपार शुरु गरेका थिए । तर अमितकुमारलाई धेरै नेपालीले दलालमार्फत किड्नी बेचेका छन् । सन् २००० मा पनि अमितकुमार दिल्ली प्रहरीले निजामुद्दिन भन्ने स्थानबाट पक्राउ गरेपनि तारेखमा रिहा भए । पुन सन् २००१ मा मुम्बई प्रहरीले पक्राउ गरेपनि पुन तारिखमा छुटेका थिए । दलालीमार्फत किड्नी बेच्ने र दलालीको बास्तबीक पहिचान खुल्न नसकेका कारण किड्नी तस्करहरुलाई पक्राउ गर्न नसकेको प्रहरीको दाबी छ । फिल्मी स्टार बन्ने शोख पालेका अमितकुमारले त्यही शोख पुरा गर्न फिल्म क्षेत्रमा शुरुमा स्पट व्वाई र केही समय पछि लाइट व्वाई भएर काम पनि गरे । खरका क्लिनीक खोलेर अमितकुमार डाक्टर बनेका थिए । खरिदको १० गुणा बढीमा धनी व्यक्ति र विदेशीलाई किड्नी बेच्ने गरेको अनुसन्धानमा संलग्न भारतीय प्रहरी स्रोतको उल्लेख गर्दै भारतीय साचार माध्यमले जनाएकमा छन् । अमितकुमारको मृगौला व्यापार शैली निकै परिस्कृत शैलीको थियो । जुन प्रदेशमा बस्यो त्यो प्रदेशको प्रहरीमा सूचना पुगेपछि कानुन फितलो भएको प्रदेशमा बसाई सर्ने गर्दथे । कसरी पक्राउमा परे र छुटे उनी नेपालमा पक्राउ परेका अमितकुमारको बारेमा अब हामी तपाईलाई रहस्य खोल्ने छौं । जब प्रहरीले अमितकुमारलाई पक्राउ गरी हतकडी लगाएको थियो तब उनले भनेका थिए तपाईहरुलाई जति पैसा चाहिएपनि म तत्कालै दिन्छु तर मलाई पक्राउ नगर्नुस् । उनी नेपाल आएको र पक्राउ परेका कहानी पनि निकै रोचक छैन । चितवनको होटल वाइड लाइफ क्याम्प चितवनमा प्रुेबुअरी ७ २००८ मा छिरेका उनलाई होटलका म्यानेजर शंकर शैजुले शुरुमै कतै देखेजस्तो माने र निगरानी बढाएका थिए । शैजुले पत्रपत्रिकातिर अमितकुमारको मृगौल्ँ तस्करीबारे पढेका थिए ।अमितकुमार शुरुमा होटल छिर्दा अन्य सामन्य पाहुनाजस्तै जिन्सको कपडा र ज्याकेट लगाएर आएका थिए । होटलका कर्मचारी महेश्वर रेग्मीले अमितकुमारको कोठामा उनका सामान लिएर कफी दिए । तर होटल प्रबेशसाथ अमितकुमार अत्यन्तै हड्बडाएर शंकास्पद गतिबिधि देखाएपछि प्रहरीलाई खबर पुगेको थियो । जुन पत्रिकामा अमितकुमारको अपराधबारे समाचार आएको थियो त्यो पत्रिका अमितकुमारले च्यातेर आफ्नै खल्तीमा हालेका थिए । अमितकुमारको साथबाट क्यानाडा नेपाल र भारतीय सीम सहितका मोवाइलहरु पनि भेट्टिएको थियो । प्रहरीले पक्राउपछि पनि हतारले सार्वजनिक गरी कुनै अनुसन्धानबेगरनै भारतीय गुप्तचर संस्थाको जिम्मामा पठाइदियो। उनले नेपालमा कस्तो अपराध गरेका थिए भन्ने बारे अनुसन्धान गर्न बाँकी नै रहदा नेपाल प्रहरीले भारतीय सरकारलाई सुम्पनुले नेपालमा अमितकुमारले घटाएका धेरै अपराधको अनुसन्धान प्रभावीत बनेको छ । मृगौलाको अवैध प्रत्यारोपणमा संल्ग्न रहेका भारतको राजधानी नयाँदिल्ली नजिकै पर्ने हरियाणा राज्यको गुडगाँउमा निजी अस्पताल संचालन गरी गैर कानुनी रुपमा मृगौलाको प्रत्यारोपणमा संलग्न रहेका ठूलो गिरोह अमितकुमारको साथबाट करिब डेढ करोड बराबरको डलर र यूरो बोकेका थिए । इन्टरपोलको खाजीमा रहेका अमितकुमारलाई सुपुर्दकी गर्न सकिने भएपनि आफ्नो देशमा भएको अपराधबारे कुनै छानबीन नै नगरी भारतीय सरकारलाई सुम्पीयो । भारतीय समाचार संस्गाहरुले त अमितकुमारले बिरामीलाई झुक्याएर समेत मृगौला झिक्ने गरिबको सस्तोमा मृगौला किनेर धनीलाई मह्ंगोमा बेच्ने गरेको आरोप थियो । अधिकांस नेपाली मृगौला बेच्न र मृगौला सम्बन्धी रोगको उपचारका लागि भारत जाने भएपनि सरकारले आवश्यक अनुसन्धान गर्न सकेन । पक्राउको २ दिनभित्रै उनलाई भारतीय दबाबमा परी बुझाइयो । भारतीय आन्तरीक गुप्तचर संस्था केन्द्रीय अनुसन्धान व्यूरोले उनको बारेमा अनुसन्धान गरिरहेपनि नेपाल प्रहरीलाई अनुसन्धानबाट खुलेका तथ्यहरु दिएको छैन । अमितकुमार एउटा देशदेखी अर्को देश र एउटा प्रान्तबाट अर्को प्रान्त जाँदा कहिले अमित चौधरीको नामबाट कहिले अमित पुरुषोत्तम त कहिले राजेश र सुरेश राउतको नामबाट हिड्ने गर्दथे । अमितकुमारको नयाँ नयाँ आपराधिक शैलीका कारण भारतीय प्रहरीको पाजाबाट मुक्त हुने गरेका थिए । किड्नी कारोबारलाई विश्वव्यापी बनाउन अमितकुमार क्यानाडासमेत पुगेका थिए । अमितकुमारले वकिलहरुलाई घुस ख्वायर मुद्दा लम्बाउने गर्दथे । पक्राउ गरेको भोलीपल्टै नेपाल प्रहरीले उनलाई भारतीय गुप्तचर संस्थाको जिम्मा लगायो । भारतीय प्रहरीसंगको बयानमा पनि अमितकुमारले गरिब र दिनदुखीलाई सहायता मात्र गरेको दाबी गर्दै आएका छन् । भारतीय सरकारको दबाबका कारण अमितकुमार बिना कुनै अनुसन्धान भारतीय गुप्तचर संस्थाको जिम्मामा सुम्पीइए । यसले नेपालमा भएको धेरै किड्नी तस्करीको अनुसन्धान छायाँमा परेको छ ।