Wel Come to my Personal blog, visit: www.journalistpramod.com

तस्करीमा नयाँ तरिका

प्रमोदराज सेढाई
दूर्लभ एकिसंगे गैंडाको संख्या अहिले विश्वभर २१ सय रहेको छ । नेपालमा सन् १९९४ २००० २००५ र २००८ मा गैंडाको गणना गरिएको छ । सन् १९९४ मा ६ सय रहेकेा गैंडा सन् २००० मा ५ सय ४४ सन् २००५ मा ३ सय ७२ वटा एकिसंगे गैंडा रहेको तथ्यांक सार्वजनिक गरिएको थियो । सन् २००६ भने गैंडा शिकारी अत्याधिक बढ्यो २००६ मा त एकिसंगे गैंडा जम्मा २ सय ६० रहेको तथ्यांक आएपनि सन् २००८ मा गरिएको गणनामा भने नेपालमा ४ सय ८ एकिसंगे गैडा रहेको तथ्यांक छ । सन् १९६५ मा साइटीसको अनुसुची १ मा राखी एकिसंगे गैंडाको सबै प्रकारको ओसार पसार गर्न निषेध गरिएको छ । कन्भेन्सन अन बायोलोजिकल डाइभरसीटी १९९२ ले एकिसंगे गैंडालाई लोप हुन नदिन धारा ८ मा राज्यले संरक्षणका लागि आवश्यक कानुनी प्रशासनिकलगायत कार्यकारी उपाय अबलम्बन गर्नुपर्ने दायित्व समेटेको छ । चितवन राष्ट्रिय निकुाज नियमावली २०३० को नियम २५ मा मुद्दा हेर्ने अधिकारीको रुपमा निकुाजका प्रमुख वार्डेन र कतिपय मुद्दाको हकमा सहायक संरक्षक रेन्जरलाई तोकेकोले यसको पारदर्शिता र दोषीले कार्वाहीबाट उन्मुक्ति पाउने भएकाले आवश्यकता अनुसार कानुन फेर्नुपर्ने संरक्षणविद्हरुको भनाई छ । गैंडाको तस्करीमा ४ तहका व्यक्तिहरुको संलग्नता रहेको अनुसन्धानकर्ताहरुको भनाई छ । गैंडा मार्न अन्तर्राष्ट्रिय तस्कर मुख्य नाइके र भाडाका मतियारहरु उपयोग हुने गरेका छन् । यसका लागि उनीहरुले खासगरी पश्चिमी भूभाग प्रयोग गर्दै आएका छन् । एउटा गैंडाको संरक्षण बराबर ४ जना कर्मचारी पर्दछन् तर गैंडालाई तस्करले मारेका मार् यै छन् । अझ पक्राउ परेकालाई छाड्न र रातारात जेल सारेर मानसिक रोगीदेखि एड्स रोगीसम्म बनाइन्छ । अनुसन्धान पुरा हुन नपाउँदै राजधानीका कारागारमा सारेर चलखेल गरिन्छ । वार्डेन र प्रमुख जिल्ला अधिकारीलाई समेत मुद्दा हेर्ने र आधा जेल भुक्तानी गर्न सक्ने समेत अधिकार दिएकाले त खाग तस्करीमा झन ठूलो चलेखल हुने गरेको छ । अर्धन्यायिक निकायलाई १५ वर्षसम्म कैद सजाय गर्न सक्ने प्रँवधान राख्नुले पनि चलेखेल कति हुन सक्छ सहजै अनुमान गर्न सकिन्छ । तस्करले एउटा खागको १४ हजारदेखि २० हजार अमेरिकी डलरसम्मा बेच्ने गर्दछन् । चितवन र बर्दियाबाट ल्याइएका खाग सडक मार्ग हुँदै तिब्बत कटाउने र त्यहाँबाट तेस्रो देश लाने गरिएको छ । पक्राउ परेकालाई तारेखमा छाड्ने र भाग्यो भन्दै फरारको सूचीमा राखिन्छ । फलामे पासो खानेकुरामा विष खाल्डोको धरापमात्र होइन करेण्ट लगाउने परम्परासमेत छाडेर तस्करहरु खुलेरै अत्याधुनिक हतियारसहित गैंडा मार्न सकि्रय छन् । बर्दियामा गैंडा शिकारमा सकि्रय समूह एसएलआर र एकेू४७ राइफल सर्टमेशिन गन एसएमजी जस्ता आधुनिक हतियारले सुसज्जित छ । १२÷१५ जनाको समुहमा िहंड्ने गिरोहले सुरक्षुकर्मीलाई समेत २४ सै घण्टा निगरानी राखिरहेका हुन्छन् । पक्राउ परेका अधिकांस मान्छे काठ दाउरा काट्न निकुाजभित्र छिरेका र जरायो चित्तलको शिकार गर्नेहरु रहने गरेका छन् । चितवनका एकसिङ्गे गैंडाको विनाश रोक्न र संख्या बढाउन अन्यत्र स्थानान्तरण गर्ने क्रममा सन् १९८६ देखि २००२ सम्म बर्दिया निकुाजमा ८३ वटा गैंडा स्थानान्तरण गरिएको थियो । तर अहिले तिनको संख्या जम्मा २० मा झरेको छ । भदौ महिनायता मात्र ६ वटा गैंडा मारिएका छन्। शुक्लाफाँटा वन्यजन्तु आरक्षमा छाडिएका चार गैंडाको संख्या बढेर सात पुगेपनि शिकारीले तीन वटा मारेपछि फेरि चारमै झरेको छ । चितवनमा भने गत २५ फागुनदेखि ११ चैतसम्म भएको गणनामा ४०८ गैंडा रहेका छन् ।
मानव खप्परकोपनि खतरा
तस्करहरुले जनावरको मात्र होइन मानव अंगको समेत तस्करी गरिररहेका छन् । मानव अस्थिपाजर र खप्परको तस्करीको पनि बिगबिगी छ । फितलो कानुनी व्यवस्थाले चिहान खनेर मानव खप्पर र हस्तीहाडहरु संकलन गर्नेहरु बढ्दै गएका छन् । मुख्यगरी भारतबाट काठमाडौं ल्याउने र यहाँ ट्रान्जीट बनाएर हवाईमार्गबाट मध्यपूर्वी युरोप र अमेरिका लगायतका देशमा जाने र स्थलमार्ग भने तिब्बत हुँदै चीनमा पुग्ने गरेको छ । अहिलेसम्म नेपालमा पक्राउ परेका मानव अस्थिपाजर भने भारतबाट आउने दाबी गरिएपनि नेपालकै कुनै चिहानबाट झिकिन्छ या झिकिदैन भन्ने स्पष्ट हुनसकेकेा छैन । काठमाडौंको ज्याठाबाट गत बर्षपनि १७ थान मानव खप्परसहित एक व्यक्ति पक्राउ परेका थिए । त्यस्तै गत अघिल्लो वर्ष चैत महिनामा राजधानीबाट बरामद गरिएका ठूलो मात्रामा मानव खप्पर र नलीहाड बरामद भएपछि नेपाल पनि तस्करीको ट्रान्जिट प्वाइन्ट बनेको देखिएको छ । तर यसको अन्तर्राष्ट्रिय रुट भने अहिलेसम्म स्पष्ट हुन सकेको छैन । गत २०६५ पुस २९ मा सशस्त्र प्रहरीको राजस्व गस्ती टोलीले काँकडभिट्टामा भारतबाट आएको एक सय ८० थान मानव खप्पर र आठ थान नलीहाड फेला पारेको थियो । अनुसन्धानमा संलग्न प्रहरीहरु भने भारतस्थित बिहारको गयामा रहेको बक्सर भन्ने स्थानबाट धेरै मानव अस्थिपाजर नेपाल आउने गरेको दाबी गर्छन । भारतमा चिहानबाट निकालिएको खप्परको ५ सय रुपैंयाँ पनि पदैन । त्यहाँबाट सीमापार गरी काठमाडौं ल्याइन्छ र काठमाडौंमा राखेर अन्तर्राष्ट्रिय बजार बुझिन्छ । तर मुख्य तस्कर कोठा भाडामा लिएर जान्छन भने भरियालाई कुराउँछन । पक्राउ परेपनि उनीहरु उम्कन्छन् भने भरिया पक्राउ पर्छन । तर पक्राउ पर्नेहरु पनि सामान्य तारिखमै छुट्छन् । अस्पष्ट काुननी व्यवस्थाले नेपाली कानुन अनुसार मानव खप्पर विक्री वितरण गर्ने व्यक्ति ठूलो अपराधको रुपमा लिएको छैन । प्रहरीले मान्छेको खप्पर विक्री गर्नेलाई समातेर कानुनी कार्वाहीको प्रकृयामा लगेपनि गम्भिर मानवीय अपराधका रुपमा लिइँदैन । पक्राउ परेपनि सार्वनिक अपराध ऐन अनुसार कार्वाहीको सिफारिसमा परेकाहरु सहजै २५ हजारसम्मको धरौटी बुझाएर मुक्त हुँदै आएका छन । चिहान खोतलेर बिक्री गरिने मानव अंग भनेको नलिहाड र खप्पर नै हो । प्रहरीले अहिलेसम्म यिनै २ वस्तुहरु मात्र बरामद गरेको छ । प्रहरीले मानव खप्परको स्रोत भारत रहेको दाबी गरेपनि कतिपय नेपाली चिहानबाट समेत उत्खनन् गरेर तस्करी गर्ने गरिएको पाइएको छ । नेपालमा मानव अंगको तस्करी कसरी बढेको छ भारतको विहारमा मानव खप्पर र नलिहाड सहजै पाइन्छ । एउटा खप्परको २ सय ५० नेपाली रुपैंया पर्ने दाबी प्रहरीको छ । नलिहाडको मुल्य पनि हाराहारीकै हुने रहेछ । त्यही खप्पर र नलिहाड काठमाडौं ल्याइपुर् याएपछि त्यसको मुल्य पुग्ने रहेछ ५ हजार । काठमाडौं आएपछि त्यसलाई सजावट गर्ने र सामानको बीचमा राखेर विदेशनिकास गर्ने गरिन्छ । काठमाडौंमा ५ हजारमा किनेको मानवखप्पर बिमानस्थल कट्नासाथ ५० हजारभन्दा बढी पुगिसकेको हुन्छ । भारतवाट काठमाडौं ल्याईएपछि खप्पर र नलिहाडलाई सुनचांदीले समेत मोडेर समेत विदेश निकाश गरिन्छ । चांदीले मोडेको खप्परको मुल्य ५० हजार पर्ने भएपनि सुनले मोडेकालाई १२ लाखसम्म पर्दछ । तर यसको उपयोगिता भने खप्पर राख्यो भने शुभ हुन्छ भन्नेमा मात्रै सीमित रहेको र केही व्यक्तिले खप्परलाई सुप खान समेत प्रयोग गर्ने गरेका छन् । तर खप्परको तस्करीमा संलग्न मुख्य तस्करहरुको चूरो समेत प्रहरीले अहिलेसम्म पाउन सकेको छैन । सामान्य अपराध गर्ने बराबरको सजायले गर्दा पनि मानव खप्पर तस्करी बढ्दै गएकोछ । खप्पर तस्करीबारे स्पष्ट कानुनी व्यबस्थाको आवश्यकता छ । तस्करी रोक्न कडा कानुन र सतर्कताको खाँचो छ ।
तस्करी बन्यो मुसा विरालो खेल
ढिलै भए पनि बन्यजन्तु तस्करी नियन्त्रण गर्न सरकारको घैंटोमा घाम लागेको छ । नेपाल बन्यजन्तु तस्करीको ट्रान्जिट प्वाइन्ट बनेको चाल पाएपछि सरकार बल्ल बन्यजन्तु अपराध नियन्त्रण ब्यूरो गठनको अन्तिम तयारीमा पुगेको छ । नेपाली सेना लगायतका सुरक्षा निकाय बन प्राविधिक विमान्ास्थलका प्रतिनिधि संलग्न हुने संयन्त्र अर्धन्यायिक हुने बताइएको छ । त्यसो त यस्ता तस्करीलाई हदैसम्मको कार्वाही गरी बन्यजन्तु चोरी शिकारी नियन्त्रण गर्न सरकार विशेष ऐन पनि ल्याउने तयारीमा जुटेको छ । राजनीतिक संरक्षण बन्यजन्तु चोरी शिकारी नियन्त्रणमा खटिएका सुरक्षा निकाय र कर्मचारीको साँठगाँठ बन्यजन्तु संरक्षणका बाधक बनेका छन् । अझ राजनीतिक संरक्षणका कारण कार्वाही प्रकि्रया अघि नै तस्करहरु उम्कने र पक्राउ परेका पनि सामान्य कार्वाही पछि छुट्ने प्रचलन रोक्न यो ऐन र संयन्त्र कत्तिको प्रभावकारी हुन्छ त्यो भने समयले नै देखाउला । तर जनावरको हाड छाला रौं जस्ता विशेष अंगमात्र होइन िसंगै जनावरको समेत तस्करी बढेको छ । नेपालबाट गैंडाको खाग मात्र होइन हात्ति बाघ मृग घोरल हरिण जस्ता जनावरको सँुड सिङ् छाला रौं र हड्डीको तस्करी पनि हुने गरेको छ । बाँदर हिमाली भालु चिल हुचिल पानी हाँस सर्प जस्ता जिउँदै जनावरको समेत कारोबार हुन्छ । तस्करी गरिएका अंगलाई सजावट कामोत्तेजक विभिन्न औषधी लागू औषध बैज्ञानिक अनुसन्धान हतियारका खोज लगायतमा उपयोग गर्ने गरिएको अनुसन्धानमा संलग्नहरु बताउँछन् । खासगरी गैंडाको खाग विभिन्न उत्तेजक औषधी निर्माण गर्न र सजावटको लागि प्रयोग गरिन्छ भने हात्तिको सुँड मृग घोरल हरिणका सिङ् छाला र रौंलाई भने सजावटको रुपमा घरमा राखिन्छ । केही यस्ता बन्यजन्तु छन् जसबाट कयौं मुलुकले बैज्ञानिक खोज र अनुसन्धानका लागि नै तस्करी गर्ने गर्दछन् ।
चील हुचिल पानी हाँस र हिमाली भालु बाँदर जस्ता बन्यजन्तुलाई विकसित मुलुकले अध्ययन अुनुसन्धान र परिक्षणका लागि प्रयोग गरिरहेका छन् । विकसित मुलुकहरुले पछिल्लो समयमा विकास गरेको निसानाबाज फाइटर विमानको आविष्कार चिल हुचिल र पानी हाँसको प्रबृत्तिको आधारमा गरेको विज्ञहरुको भनाई छ । यी चराहरुको गुणको अनुसन्धान गरी त्यस्ता फाइटर विमानको विकास गरेको विज्ञहरुको दाबी छ । बैज्ञानिकहरुले बाँदरमा ह्युमिनिटी टेष्ट गरिरहेका छन् । त्यस्तै अरबियन मुलुकका धनाढ्यहरुले हुचिललाई सजावटको सामाग्रीको रुपमा प्रयोग गनेृ गरेको बन बिभागका अधिकारीहरु बताउँछन् । नेपालमा तस्करहरु दशौं हजारको साजाल बनाई बन्यजन्तुको तस्करी गरिरहेका छन् । यो साजाल शक्ति धन र संयन्त्रको आधारमा यति शक्तिशाली छ कि राजनीतिक दलका नेता सुरक्षा निकाय र कर्मचारी तन्त्रका पदाधिकारीलाई यसले आफ्नो मुट्ठीमा पार्न सकेको छ । त्यसैले त रंगेहात पक्राउ परेका वन्यजन्तु तस्करी औसतमा ६ महिना देखि १ वर्ष सम्म मात्र जेल पर्ने गरेका छन् । नेपालमा पित्तलको भाउमा खरिद गरेका बन्यजन्तुका अंगहरु भने विदेशमा सुनको भाउमा बिक्री हुने गर्दछ । बाघको छाला र हड्डीलाई स्थानीय स्तरमा १५ हजार देखि ६० हजार रुपैंयासम्ममा खरितेर तस्करले विदेशमा ८ देखि ९ लाख रुपैंया सम्ममा बिकि्र बितरण गर्ने गर्दछन् २०५७ सालमा सरकारले सार्वजनिक गरिएको तथ्याङ्क अनुसार नेपालका विभन्न जंगलमा ९८ देखि १ सय २३ वयस्क बाघ रहेका छन् । अहिले त्यो संख्यामा २ वटा बाघ कमी रहेको तथ्याङ्कले देखाएको छ । जसमध्ये चितवन राष्ट्रिय निकुाजमा ९१ बर्दिया राष्ट्रिय निकुाजमा १८ शुक्लाफाँटामा पाँच वर्षअघि २२ वटा पाटेबाघ रहेकामा हाल जम्मा ८ र पसा्र बन्यजन्तु आरक्षमा ४ वटा बाघ रहेका छन् । तर कति बाघ तस्करको आहारा बने अहिलेसम्म एकिन हुन सकेको छैन । तस्करको निशानामा परेकाले पाटे बाघको अस्तित्व पनि सङ्कटमा पर्दै गएको छ । संरक्षित क्षेत्रभित्र बाघ मारिँदै जान थालेका छन् । चितवन राष्ट्रिय निकुाज बर्दिया राष्ट्रिय निकुाज शुक्लाफाँटा वन्यजन्तु आरक्षलगायत संरक्षित क्षेत्रमा रहेका बाघ पनि मासिँदै जान थालेका छन् । सुरक्षा व्यबस्था कडा पारिएमा बाघ जाने रुटमा एम्बुस थापेर बसेका तस्करहले मार्ने गरेका छन् । लामो समयदेखि बाघ गणना एकपल्ट पनि नभएकाले मारिएका बाघको संख्या पनि यकिन हुन सकेको छैन । बर्दिया र पसा्र बन्यजन्तु आरक्षणमा बाघ घट्दै जान थालेका छन् ।